एनआरएनको विश्व सम्मेलन सुरु हुँदै

२०७२ आश्विन २७ गते, बुधबार

काठमाडौ, २७ असोज । गैरआवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन तथा सातौं अधिवेशन आजदेखि काठमाडौमा सुरु हुँदैछ । सम्मेलनका लागि विभिन्न ७१ मुलुकका करिब १५ सय एनआरएनहरु राजधानीमा भेला भइसकेका छन् । त्यति नै संख्यामा पर्यवेक्षक र शुभेच्छुकहरु पनि आएको एनआरएनले जनाएको छ । आज र भोलि अधिवेशन र शुक्रबार र शनिबार विश्व सम्मेलन हुने एनआरएनका अध्यक्ष शेष घलेले बताए ।

प्रतिक्रियाहरु