बिश्व

मोदीको सूट लिलाम हुँदै

काठमाडौँ, ६ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वर्णिम अक्षर कुँदिएको सुट आज लिलाम गरिने भएको छ।मोदीको यो सुट निकै विवादमा परेको थियो । भारतीय संचार माध्यमहरुका अनुसार यो सुटको मूल्य १० लाख भारतीय रुपैयाँ अर्थात १६ लाख नेपाली रुपैया बताइएको छ। प्रधानमन्त्री मोदीले यो सुट अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको बैठकमा लगाएका थिए । भारतको […]

२०७१ फाल्गुन ६ गते, बुधबार

श्रीलङ्काले दर्जनौ कूटनीतिज्ञलाई फिर्ता बोलायो

काठमाडौँ, ५ फागुन । श्रीलङ्का सरकारले विभिन्न मिसनमा रहेका कम्तीमा पनि ५० जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।यसरी फिर्ता बोलाइएका कूटनीतिज्ञहरुमा २७ जना कूटनीतिक मिसन प्रमुख पनि रहेका छन् । नयाँ सरकार निर्माण भएपछि यसअघिको सरकारले राखेका ती मिसन प्रमुखहरुलाई बोलाइएको समाचारमा जनाइएको छ ।सरकारले दिएको जानकारीअनुसार यसरी फिर्ता बोलाइएकोमा संयुक्त राज्य अमेरिका, पाकिस्तान र […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

बैंकहरुमा साइबर डकैती, १ अर्ब डलर चोरी

काठमाडौँ । विश्वमा झण्डै एक सय वटा बैंक तथा वित्तिय संस्थामा साइबर डकैती भएको छ । इतिहासकै सबैभन्दा डरलाग्दो साइबर डकैतीको निशाना बनेका बैंक तथा वित्तिय संस्थाहरुबाट गरी साइबर आक्रमणकारीहरुले १ अर्ब डलर भन्दा बढि रकम चोर्न सफल भएको कम्प्युटर सेक्युरिटी कम्पनी क्यास्पर्स्की ल्याबले जनाएको छ । साइबर डकैतीको यो सिलसिला सन् २०१३ देखि सुरु […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

मध्य प्रदेशमा बस पल्टिदा १० को मृत्यु, ४० घाइते

काठमाडौ । भारतको मध्य प्रदेशको धार जिल्लामा मंगलवार बिहान एक निजी बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । धार जिल्लाको मछलिया घाटमा बस अन्य ४० जना यात्रु घाइते भएका छन् ।इन्दौरबाट राजस्थानको गलियाकोट जाँदै गरेको बस दुर्घटनामा परिेको अधिकारीहरुले जनाएका छन् । यो बस मछलियाघाटबाट अगाडि बढिरहेको बसलाई चालकले नियन्त्रणमा लिन नसक्दा घाटमा […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

आइएसद्वारा २१ जना इसाइको टाउको काटेर हत्या

काठमाडौं, ४ फाल्गुन । इस्लामिक स्टेटका लडाकूले अपहरण गरी आफ्नो कब्जामा लिएका २१ जना इसाइको टाउको काटेर हत्या गरेका छन् । लिबियाबाट अपहरित २१ जनालाई शीरच्छेदन गरी हत्या गरेको भिडियोमा आईएसले जारी गरेपछि यो तथ्य खुलेको हो । आइएससम्बन्धित लिबियाली जेहादीहरुले यो भिडियो इन्टरनेटमा राखेका हुन् । अपहरित सबै ईजिप्टका काप्टिक इसाइ रहेको र उनीहरुलाई […]

२०७१ फाल्गुन ४ गते, सोमबार

कोपेनहेगनमा गोलाबारी

काठमाडौ, ३ फागुन ।डेनमार्कको राजधानी कोपेनहेगनमा गोलाबारी हुँदा प्रहरी सहित केहि अरु घाइते भएका छन् । प्रहरीका अनुसार कोपेनहेगनमा यहूदी पूजास्थलमा गोलाबारी भएको हो । गोलाबारीमा २ जना प्रहरी अधिकारी घाईते भएका छन् अरु केहि घाइतेको अवस्था गम्भिर छ । प्रहरीले घटनापछि आक्रमणकारी भागेकोे अनुमान गरेको छ । यस अघि त्यहाँको एउटा क्याफेमा पनि आक्रमण […]

२०७१ फाल्गुन ३ गते, आईतवार

केजरिवाल भए दिल्लीको मुख्यमन्त्री

काठमाडौ, २ फागुन ।आम आदमी पार्टी नेता अरविन्द केजरीवालले आज दिल्लीको मुख्यमन्त्री पदको शपथ लिएका छन् । ऐतिहासिक रामलीला मैदानमा हजारौं समर्थककाबीचमा उप-राज्यपाल नजिब जंगले केजरीवाललार्इ पद तथा गोपनियताको शपथ दिलाएका हुन् । केजरीवालसँगै मनिष सिसौदिया, असिम अहमद खान, संदिप कुमार, सत्येद्र जैन, गोपाल राय र जिंतेन्द्र सिंह तोमरले पनि पद तथा गोपनियताको सपथ लिए […]

२०७१ फाल्गुन २ गते, शनिबार

भ्यालेन्टाइन मनाउन घर जाँदा……

काठमाडौँ ।एक भारतीय सैनिक गुजरातस्थित भावनगरमा रहेको आफ्नो निवासमा श्रीमतीसँग भ्यालेन्टाइन डे मनाउन विदा लिएर घर आएका थिए । तर, घरमा श्रीमती भने अर्कै पुरुषसँग आपत्तिक जनक अवस्थामा फेला परेपछि उनले दुवैलाई गोली प्रहार गरेका छन् । गोली लागेपछि आफ्नी श्रीमतीको कथित प्रेमीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमतीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। […]

२०७१ फाल्गुन २ गते, शनिबार

केजरीवाल सपथ लिदै

काठमाडौं,२ फागुन । प्रचण्ड बहुमतका साथ भारत दिल्लीको मुख्यमन्त्री बन्न गइरहेका आम आदमी पार्टी (आप)का नेता अरबिन्द केजरीवालले शनिबार रामलीला मैदानमा सपथ लिँदै छन् ।ठीक एक वर्ष अगाडि उनले आजैका दिन फेब्रुअरी १४ मा जनलोकपाल विधेयकका विषयमा राजीनामा दिएका थिए । सन् २०१३ मा भएको निर्वाचनमा दोस्रो दलका रुपमा दिल्लीमा उदाएका केजरीवालले ४९ दिन सरकार […]

२०७१ फाल्गुन २ गते, शनिबार

दक्षिण अफ्रिकी संसदमै कुटाकुट

काठमाडौं, १ फाल्गुन । दक्षिण अफ्रिकाको संसदमा सांसदहरुबीच नै कुटाकुट भएको छ । राष्ट्रपति ज्याकब जुमाले संसदमा वार्षिक सम्बोधन गर्नलाग्दा विपक्षी दलका सांसदहरुले हंगामा गरेका हुन् । इकोनोमिक फ्रिडम पार्टीका सांसदहरुले गरेको हुलदंगा नियन्त्रण गर्न प्रहरी नै बोलाउनुपरेको थियो । राष्ट्रपति जुमाले सरकारी सम्पत्ति दुरुपयोग गरी आफ्नो निजी निवास बनाएको आरोपमा विपक्षीहरुले विरोध गर्नेक्रममा यो […]

२०७१ फाल्गुन १ गते, शुक्रबार