मोदीको सूट लिलाम हुँदै

२०७१ फाल्गुन ६ गते, बुधबार

काठमाडौँ, ६ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वर्णिम अक्षर कुँदिएको सुट आज लिलाम गरिने भएको छ।मोदीको यो सुट निकै विवादमा परेको थियो । भारतीय संचार माध्यमहरुका अनुसार यो सुटको मूल्य १० लाख भारतीय रुपैयाँ अर्थात १६ लाख नेपाली रुपैया बताइएको छ।
प्रधानमन्त्री मोदीले यो सुट अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको बैठकमा लगाएका थिए । भारतको सूरतमा यो सुटका साथै मोदीले उपहारका रुपमा प्राप्त गरेका अन्य ४२५ वटा वस्तु पनि लिलाम गरिनेछ ।
सोही अवसरमा गुजरातकी मुख्यमन्त्री आनन्दी पटेलले उपहारका रुपमा प्राप्त गरेका केही वस्तु पनि लिलाम गरिनेछ ।
यसअघि पनि मोदीले गुजरातको मुख्यमन्त्री छँदा प्राप्त उपहार लिलाम गरेर प्राप्त भएको रकम सामाजिक कार्यका लागि दान दिएका थिए । भारतका प्रधानमन्त्रीहरुले विशेष लगाव भएका उपहारबाहेक दश हजारभन्दा बढी मुल्यका उपहारहरु राज्यकोषमा जम्मा गर्ने गर्दन् ।यसअघि मनमोनह सिंहले पनि यस्तै गरेका थिए । तर, प्रधानमन्त्री मोदीले भने राज्यकोषको गोदाममा धुलोमा सडेर जानुभन्दा त्यसबाट प्राप्त हुने रकम सामाजिक कार्यमा लगाउन लिलामी गर्न लागेका हुन् । यसअघि मोदीले गुजरातको मुख्यमन्त्री पदमा रहँदा प्राप्त पारिश्रमिक बालिका शिक्षाका लागि दान दिएका थिए।
अहिले लिलाम गर्न लागिएको मोदीको कोटमा सुनले मोदीकै नाम लेखिएको बताइएको छ । यसप्रकारको कोट लगाउने मोदी पहिलो व्यक्ति भने होइनन् । यसअघि मिश्रका पूर्व राष्ट्रपति होस्नी मुबारकले पनि आफ्नै नाम लेखिएको कोट लगाएका थिए । यो कोट विक्रीबाट प्राप्त हुने रकम गंगा सफाई अभियान लगाइने बताइएको छ। – एजेन्सी

प्रतिक्रियाहरु