कोपेनहेगनमा गोलाबारी

२०७१ फाल्गुन ३ गते, आईतवार

काठमाडौ, ३ फागुन ।डेनमार्कको राजधानी कोपेनहेगनमा गोलाबारी हुँदा प्रहरी सहित केहि अरु घाइते भएका छन् । प्रहरीका अनुसार कोपेनहेगनमा यहूदी पूजास्थलमा गोलाबारी भएको हो । गोलाबारीमा २ जना प्रहरी अधिकारी घाईते भएका छन् अरु केहि घाइतेको अवस्था गम्भिर छ ।
प्रहरीले घटनापछि आक्रमणकारी भागेकोे अनुमान गरेको छ । यस अघि त्यहाँको एउटा क्याफेमा पनि आक्रमण भएको थियो । क्याफेमा भएको आक्रमण र पूजास्थलमा भएको घटनाबीच सम्बन्ध रहे नरहेको केहि नखुलेको प्रहरीले जनाएको छ । क्याफेमा अभिव्यक्ति स्वतन्त्रताको विषयमा सेमिननार भैरहेका बेला आक्रमण भएको थियो । सेमिनारका क्रममा भएको आक्रमणमा एक जनाको ज्यान गएको थियो भने ३ जना घाईते भएका छन् ।
डेनमार्कमा प्रधानमन्त्री हेल थोर्निंग स्मिटले यो आक्रमणलाई राजनीतिबाट प्रेरित आतंकवादी हमला भन्नु भएको छ । घटनाको अनुसन्धान भैरहेको र संलग्नहरुको खोजीका लागि ठूलो संख्यामा अभियान चलाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु