दक्षिण अफ्रिकी संसदमै कुटाकुट

२०७१ फाल्गुन १ गते, शुक्रबार

काठमाडौं, १ फाल्गुन । दक्षिण अफ्रिकाको संसदमा सांसदहरुबीच नै कुटाकुट भएको छ । राष्ट्रपति ज्याकब जुमाले संसदमा वार्षिक सम्बोधन गर्नलाग्दा विपक्षी दलका सांसदहरुले हंगामा गरेका हुन् ।
इकोनोमिक फ्रिडम पार्टीका सांसदहरुले गरेको हुलदंगा नियन्त्रण गर्न प्रहरी नै बोलाउनुपरेको थियो । राष्ट्रपति जुमाले सरकारी सम्पत्ति दुरुपयोग गरी आफ्नो निजी निवास बनाएको आरोपमा विपक्षीहरुले विरोध गर्नेक्रममा यो हंगामा भएको हो ।
राष्ट्रपति जुमाले आफूहरुलाई धम्काउँदै बल प्रयोग गरेको आरोप विपक्षीले लगाएका छन् भने जुमाले आरोपको खन्डन गरेका छन् ।अफ्रिकन नेसनल कंग्रेस पार्टीका नेतासमेत रहेका जुमाले गत वर्ष भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि अत्यधिक मतका साथ चुनाव जितेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु