आइएसद्वारा २१ जना इसाइको टाउको काटेर हत्या

२०७१ फाल्गुन ४ गते, सोमबार

काठमाडौं, ४ फाल्गुन । इस्लामिक स्टेटका लडाकूले अपहरण गरी आफ्नो कब्जामा लिएका २१ जना इसाइको टाउको काटेर हत्या गरेका छन् ।
लिबियाबाट अपहरित २१ जनालाई शीरच्छेदन गरी हत्या गरेको भिडियोमा आईएसले जारी गरेपछि यो तथ्य खुलेको हो । आइएससम्बन्धित लिबियाली जेहादीहरुले यो भिडियो इन्टरनेटमा राखेका हुन् ।
अपहरित सबै ईजिप्टका काप्टिक इसाइ रहेको र उनीहरुलाई पूर्वी लिबियाको तटीय शहर सिर्तेबाट कब्जामा लिइएको थियो । यो क्षेत्र इस्लामिक स्टेटको कब्जामा रहेको छ । काप्टिक गिर्जाघरले मुस्लिम महिलालाई यातना दिएर हत्या गर्ने गरेकाले त्यसको बदला लिन यी २१ जनाको हत्या गरेको दावी आईएसले गरेको छ । उता इजिप्ट सरकारले भने नागरिकलाई लिबिया नजान सचेत तुल्याएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु