केजरीवाल सपथ लिदै

२०७१ फाल्गुन २ गते, शनिबार

काठमाडौं,२ फागुन । प्रचण्ड बहुमतका साथ भारत दिल्लीको मुख्यमन्त्री बन्न गइरहेका आम आदमी पार्टी (आप)का नेता अरबिन्द केजरीवालले शनिबार रामलीला मैदानमा सपथ लिँदै छन् ।ठीक एक वर्ष अगाडि उनले आजैका दिन फेब्रुअरी १४ मा जनलोकपाल विधेयकका विषयमा राजीनामा दिएका थिए । सन् २०१३ मा भएको निर्वाचनमा दोस्रो दलका रुपमा दिल्लीमा उदाएका केजरीवालले ४९ दिन सरकार चलाएका थिए ।योपटक भने आपले ७० सीटको दिल्ली विधानसभामा ६७ सीट ल्याएको छ । सत्तारुढ भारतीय जनता पार्टीले तीन सीटमा चित्त बुझाउनुपरेको छ भने कांग्रेस आइले खाता नै खोल्न सकेन । – एजेन्सी

प्रतिक्रियाहरु