बिश्व

इराकमा कर्फ्यू हट्यो

काठमाडौं । इराकको राजधानी बगदादमा १२ बर्ष लामो कर्फ्यू शनिबार मध्यरातदेखि हटाइएको छ । कर्फ्यू हटेपछि स्थानीयले खुसी मनाइरहेका छन् ।तत्कालीन राष्ट्रपति सद्दाम हुसेनमाथि आक्रमण भएपछि सन् २००३ देखि राजधानी बगदादमा कर्फ्यू लाग्दै आएको थियो । प्रधानमन्त्री हैदर अल अवादीले जनजीवन सामान्य बनोस् भनेर कर्फ्यू हटाइएको बताएका छन् । उनका अनुसार बिभिन्न स्थानका जाँच चौकीहरु […]

२०७१ माघ २५ गते, आईतवार

यमनमा विद्रोहीद्धारा सत्ता कब्जा

काठमाडौं, २४ माघ । यमनमा हूती विद्रोहीले सत्ता कब्जा गरेका छन् । संसद भंग गरेर उनीहरुले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका हुन् । यो सँगै यमनमा लामो समयदेखि चलिरहेको सत्ताको लडाई तत्कालका लागी रोकिएको छ ।यस गूटले सेप्टेम्बरमा राजधानी सनामाथि कब्जा जमाएर राष्ट्रपति आबेद मन्सूर हादीलाई जनवरीमा पद त्याग्न बाध्य पारेको थियो ।अतिवादी शिया […]

२०७१ माघ २४ गते, शनिबार

आईएस लडाकुहरुसँग बदला लिएरै छाडछु : राजा अब्दुल्ला

काठमाडौं,२२ माघ । जोर्डनका राजा अब्दुल्लाले इस्लामिक स्टेटका अतिवादीहरुसँग कडा बदला लिइने विश्वास देशवासीलाई दिलाएका छन् । आफ्नो वायुसेनाका पाइलटलाई जिउँदै जलाएर आईएसले निर्मम हत्या गरेपछि आक्रोशित र दुःखी बनेका देशवासीलाई राजा अब्दुल्लाले धैर्य गर्न अपील पनि गरेका छन् ।पाइलटको हत्या गरेलगत्तै जोर्डनले पनि उसको नियन्त्रणमा रहेको अलकायदासम्बद्ध दुई व्यक्तिलाई फाँसी दिएको छ । आत्मघाती […]

२०७१ माघ २२ गते, बिहीबार

जोर्डनी पाइलटको जिउँदै जलाएर हत्‍या

काठमाडौ, २१ माघ । इस्लामिक आतङ्कवादी समूह आइएसले आफ्‍नो कब्जामा रहेका जोर्डनी पाइलट मोएज अल कसासबेहलाई जिउँदै जलाएर हत्या गरेको छ। उसले इन्टरनेटमार्फत् कसासबेहलाई जिउँदै जलाउँदै गरेको भिडियो सार्वजनिक गरेको हो। पाइलट कससाबेहलाई आगोमा जलाएर हत्या गरिएको समाचार जोर्डनले आधिकारिक रुपमा पुष्टि गरिसेकेको समाचार डेली मेलले जनाएको छ।उक्त भिडियोमा कसासबेहलाई एउटा पिंजडाभित्र राखेर बाहिरबाट आगो […]

२०७१ माघ २१ गते, बुधबार

सुडानको द्वन्द्व अन्त्य गर्न सरकारी र विद्रोही प्रतिबद्ध

काठमाडौ, १९ माघ । दक्षिण सुडानको द्वन्द्व अन्त्य गर्न त्यहाँको सरकारी र विद्रोहीले प्रतिबद्धता जनाएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रियक मचारले देशमा भैरहेको द्वन्द्व अन्त्य गर्न प्रतिबद्धता जनाएका हुन् । राष्ट्रपति साल्भा किर र विद्रोही नेता रियक मचारले द्वन्द्व अन्त्य गर्न शान्ति सम्झैतामा हस्ताक्षर गरेका बिबिसीले जनाएको छ । […]

२०७१ माघ १९ गते, सोमबार

बन्धक बनाएका जापानी पत्रकारको हत्या

काठमाडौ १८ माघ । विद्रोही समूह ईस्लामिक स्टेट आईएस लडाकुले बन्धक बनाएका जापानी पत्रकारको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । आईएसले जापानी नागरिक ४७ वर्षिय केन्जी गोटोको हत्या गरेको भिडियो सार्वजनिक गरेको बिबिसीले जनाएको छ । स्वतन्त्र पत्रकार तथा चलचित्र निर्माता गोटो गएको अक्टूबर महिनामा द्वन्द्व प्रभावित देश सिरिया गएका थिए । उनको रिहाईका […]

२०७१ माघ १८ गते, आईतवार

रुसमा थप नाकावन्दी लगाउने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकाले रुसमा थप नाकावन्दी लगाउने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री ज्याक ल्यूले पृथकतावादी समुहलाई साथ दिएको भन्दै थप नाकावन्दी लगाउने चेतावनी दिएका हुन् ।युक्रेनमा सकृय रुस समर्थित अलगाववादी विद्रोहीलाई रुसले मद्दत गरिरहेको अमेरिकाको आरोप छ । अमेरिकाले रुसमा यसअघि पनि नाकावन्दी गर्दै आएको छ । यसबाट रुसको अर्थतन्त्र खस्किँदै गएको छ । […]

२०७१ माघ १५ गते, बिहीबार

लिबियामा चरमपन्थी आक्रमण ९ जना मारिए

काठमाडौँ , १४ माघ । लिबियाको राजधानी त्रिपोलीस्थित एक होटलमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएकोे छ।मृतकमध्ये पाँच जना विदेशी नागरिक रहेको बताइएको छ। अधिकारीहरुका अनुसार त्रिपोलीस्थित कोरिन्थिया होटलमा घुसेका कयौ हतियारधारीले होटलको रिसेप्सनमा गोली प्रहार गरेका थिए।चरमपन्थी समूहले होटल बाहिर रहेको कारमा बम विष्फोट गराएका थिए । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा पाँच […]

२०७१ माघ १४ गते, बुधबार

मोदी आफ्नै नाम छापिएको सुट लगाएपछि …

काठमाडौँ। भारतीय प्रधानमन्त्री मोदीले राम्रो पोसाक लगाउँदा यसअघि निकै प्रशंसा बटुलेका थिए । यसपटक उनले कपडाभरि आफ्नै नाम छापिएको सुट लगाउँदा सामाजिक सञ्जालमा हाँसोको पात्र बनेका छन ।भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग आइतबार एक्लै वार्ता गर्दा प्रधानमन्त्री मोदीले साना अक्षरले उनकै नाम छापिएको धर्के सुट लगाएका थिए । उनले यसरी पोसाक छनौट गर्दा […]

२०७१ माघ १३ गते, मंगलवार

ओबामाले भारतीय नागरिकलाई सम्बोधन गर्ने

काठमाडौं, १३ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय समय अनुसार बेलुकी आठ बजे अल इन्डिया रेडियोबाट दुवै जनाले सम्बोधन गर्ने तयारी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मंगलबार नै राष्ट्रपति ओबामाले नोबेल पुरस्कार बिजेता कैलाश सत्यार्थीसँग पनि भेट्ने कार्यक्रम छ । […]

२०७१ माघ १३ गते, मंगलवार