बिश्व

ट्युनिसियामा आतंकवादी हमला १९ जना मारिए

काठमाडौं, ५ चैत । ट्युनिसियाको राजधानी ट्युनिसस्थित बार्दो संग्राहलयमा बन्दुकधारीहरुले आक्रमण गर्दा १९ जना मारिएका छन् । मारिनेमा १७ जना विदेशी पर्यटक र दुईजना ट्युनिसियाली नागरिक रहेको जनाइएको छ ।राजधानी ट्युनिसको व्यस्त संग्रहालयमा भएको आतंकवादी हमलामा जापान, इटाली, कोलम्बिया, अष्ट्रेलिया, स्पेन, फ्रान्स र पोल्यान्डका पर्यटक मारिएका हुन् ।स्थानीय प्रहरीको कारबाहीमा दुई बन्दुकधारीको समेत मृत्यु भएको […]

२०७१ चैत्र ५ गते, बिहीबार

अश्लिल भिडियो हेर्ने न्यायाधीश बर्खास्त

काठमाडौँ । ब्रिटेनमा चीन जना न्यायाधीशलाई पोर्न भिडियो हेरेको आरोपमा पदबाट हटाइएको छ। एक जना न्यायाधीशले भने छानविन सुरु हुनुअघि नै पदबाट राजीनामा दिएका छन् । जुडिशियल कन्डक्ट इन्भेस्टिगेशन कार्यालयका प्रवक्ताले बताए अनुसार तीनै जना न्यायाधीशले पोर्न भिडियो हेर्नका लागि आफ्नो आधिकारिक इन्टरनेट एकाउन्ट प्रयोग गरेका थिए । यद्यपि प्रवक्ताले भने–न्यायधीशहरु जुनप्रकारको पोर्न हेरिरहेका थिए, […]

२०७१ चैत्र ४ गते, बुधबार

पाकिस्तानमा बाह्र जनालाई फाँसी

काठमाडौं । पाकिस्तानका विभिन्न जेलमा रहेका कम्तीमा १२ जना अपराधीलाई मङ्गलबार बिहान फाँसी दिइएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । पूर्वी पञ्जाव प्रान्तका विभिन्न जेलमा रहेका १० अपराधी र कराँचस्थित दुई जनालाई फाँसी दिइएको स्थानीय उर्दु च्यानलले जानकारी दिएको छ । ती अपराधीलाई झाङ्ग, मेनवाली, रावलपिन्डी, कराँची, फैसलाबाद, गुज्रान्वाला र मुल्तान जिल्लामा फाँसी दिएको जनाइएको […]

२०७१ चैत्र ३ गते, मंगलवार

९ बर्षका बालकले जिते ५ करोड ३१ लाखको पुरस्कार

काठमाडौं ।अष्ट्रेलियामा एक ९ वर्षीय वालकले अनलाइन बिङ्गो खेलमा ५ लाख १८ हजार अष्ट्रेलियान डलर अर्थात ५ करोड ३१ लाख ३५ हजार ८ सय ६१ रुपैयाँ जितेर अष्ट्रेलियाकै सबै भन्दा धनी बालक बनेका छन् ।सिडनीमा बस्ने ९ वर्षीय जोनाथन सारिस्कीले आमाको इमेल आइडीबाट बिङ्गो खेलेर यति ठूलो पुरस्कार राशी जितेका हुन् । उनले केवल १५ […]

२०७१ चैत्र ३ गते, मंगलवार

वरमाला पहिराउन नसकेपछि …

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित गाजियावादमा भएको एउटा विवाह विवाह समारोहका बेहुलाका साथीहरुले बेहुलालाई बेहुलीको पहुँचभन्दा निकै माथि उठाए । त्यसक्रममा बेहुलीले वरमाला पहिराउन सकिनन् । जसका कारण विवाह नै हुन सकेन । वरमाला लगाउन नसकेकै कारण बेहुलीले विवाह गर्न अस्वीकार गरेपछि विवाह मात्र रद्द भएन । विवाह समारोहका लागि बेहुला पक्षले खर्च गरेको पाँच लाख […]

२०७१ चैत्र २ गते, सोमबार

ब्राजिलमा राष्ट्रपतिविरुद्ध प्रदर्शन

काठमाडौ, २ चैत । ब्राजिलमा दशौं लाख मानिस राष्ट्रपति डिल्मा रुसैफकाविरुद्ध सडकमा उत्रिएका छन् । एक तेल कम्पनीको मामलामा भ्रष्टाचारमा संलग्न रहेको भन्दै राष्ट्रपतिविरुद्ध उनीहरु प्रदर्शनमा उत्रेका हुन् । रुसैफलाई महाभियोग लगाउन प्रदर्शनकारीले माग गरेका छन् । राज्य नियन्त्रित पेट्रोल कम्पनी पेट्रोबास घोटालाकाण्डमा राष्ट्रपति कुनै न कुनै रुपमा संलग्न रहेका आरोप विपक्षीहरुले लगाएका हुन् । […]

२०७१ चैत्र २ गते, सोमबार

लोग्ने भाडामा लिने सेवा

काठमाडौ । एक्लो जिवन बिताइरहेका महिलाहरुका लागि सायद यो खुसीको कुरा हुनसक्छ । किनकी सरकार आफैले एक घण्टाका लागि केटा उपलब्ध गराइदिने भएको छ । समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन । किनकी यो सेवा नेपालमा होइन रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो । घरमा साह्रो गाह्रो काम गर्ने लोग्ने मान्छेको अभावमा […]

२०७१ चैत्र १ गते, आईतवार

इजिप्टले नयाँ राजधानी बनाउने

काठमाडौं, ३० फाल्गुन । इजिप्ट सरकारले नयाँ राजधानी बनाउने भएको छ । नयाँ राजधानी अहिलेको राजधानी कायरोभन्दा पूर्वतर्फ बनाइने इजिप्ट सरकारले जनाएको छ । हालको राजधानी कायरो भिडभाड र साँघुरो भएको भन्दै अन्यत्र सार्न लागिएको बीबीसीले जनाएको छ । पाँच वर्षभित्र नयाँ राजधानी बनाइसक्ने इजिप्ट सरकारको लक्ष्य छ ।सिंगापुर जत्रै हुने परिकल्पना गरिएको नयाँ राजधानीको […]

२०७१ फाल्गुन ३० गते, शनिबार

विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण

काठमाडौं। दक्षिण अफ्रिकाका चिकित्सकहरुले विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण गरेको दावी गरेका छन् ।केपटाउनस्थित टाइबरवर्ग अस्पताल र टेलेनेबाँश युनिभर्सिटीले संयुक्त रुपमा नौ घण्टामा शल्यक्रियासम्पन्न गरेको दावी गरिएको छ ।विश्वमै यस्तो अपरेशन दोस्रो पटक गरिएको बताइएको छ । यसअघि चीनमा गरिएको यस्तै अपरेशन असफल भएको थियो । तीन वर्ष पहिले परम्परागत खतना गर्दा लिंग खराब भएपछि […]

२०७१ फाल्गुन ३० गते, शनिबार

सिमेन्ट कारखाना भत्किँदा ८ जनाको ज्यान गयो

काठमाडौं, २९ फागुन । बंगलादेशमा एउटा सिमेन्ट कारखाना आंशिक रुपमा भत्कँदा कम्तिमा ८ जनाको ज्यान गएको छ । राजधानी ढाकादेखि २ सय किलोमिटर दक्षिण पश्चिममा पर्ने बन्दरगाह शहर मोन्गलामा रहेको निर्माणाधिन भवन आंशिक रुपमा भत्किएको बिबिसीले जनाएको छ । निर्माणाधिन भवनमा काम गरिरहेका ७० जना मध्ये ६० जनालाई अस्पताल लगिएको छ । भवन भत्किँदा दर्जनौ […]

२०७१ फाल्गुन २९ गते, शुक्रबार