विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण

२०७१ फाल्गुन ३० गते, शनिबार

काठमाडौं। दक्षिण अफ्रिकाका चिकित्सकहरुले विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण गरेको दावी गरेका छन् ।केपटाउनस्थित टाइबरवर्ग अस्पताल र टेलेनेबाँश युनिभर्सिटीले संयुक्त रुपमा नौ घण्टामा शल्यक्रियासम्पन्न गरेको दावी गरिएको छ ।विश्वमै यस्तो अपरेशन दोस्रो पटक गरिएको बताइएको छ । यसअघि चीनमा गरिएको यस्तै अपरेशन असफल भएको थियो । तीन वर्ष पहिले परम्परागत खतना गर्दा लिंग खराब भएपछि शल्यक्रिया गरिएका २१ वर्षीय उक्त युवकको बारेमा अरु थप जानकारी दिइएको छैन । टीम प्रमुख प्रोफेसर आन्द्रे वान डेर मर्वले चिकित्सा विज्ञानका लागि यो ठूलो उपलब्धि भएको जनाएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु