सिमेन्ट कारखाना भत्किँदा ८ जनाको ज्यान गयो

२०७१ फाल्गुन २९ गते, शुक्रबार

काठमाडौं, २९ फागुन । बंगलादेशमा एउटा सिमेन्ट कारखाना आंशिक रुपमा भत्कँदा कम्तिमा ८ जनाको ज्यान गएको छ । राजधानी ढाकादेखि २ सय किलोमिटर दक्षिण पश्चिममा पर्ने बन्दरगाह शहर मोन्गलामा रहेको निर्माणाधिन भवन आंशिक रुपमा भत्किएको बिबिसीले जनाएको छ । निर्माणाधिन भवनमा काम गरिरहेका ७० जना मध्ये ६० जनालाई अस्पताल लगिएको छ । भवन भत्किँदा दर्जनौ व्यक्ति छतमा काम गरिरहेकाले कति हराएका छन् भन्ने यकिन नभएको खबरमा उल्लेख छ । सेनाको घेराबन्धीमा रहेको भवन निर्माणको काम चाइनिज कम्पनीले गरिरहेको थियो ।
यसअघि सन् २०१३ मा राना प्लाजा कम्प्लेक्स् भत्किँदा १ हजार बढीको ज्यान गएको थियो । बंगलादेशमा यस्ता घटना धेरै हुने गरेको छ ।

प्रतिक्रियाहरु