९ बर्षका बालकले जिते ५ करोड ३१ लाखको पुरस्कार

२०७१ चैत्र ३ गते, मंगलवार

काठमाडौं ।अष्ट्रेलियामा एक ९ वर्षीय वालकले अनलाइन बिङ्गो खेलमा ५ लाख १८ हजार अष्ट्रेलियान डलर अर्थात ५ करोड ३१ लाख ३५ हजार ८ सय ६१ रुपैयाँ जितेर अष्ट्रेलियाकै सबै भन्दा धनी बालक बनेका छन् ।सिडनीमा बस्ने ९ वर्षीय जोनाथन सारिस्कीले आमाको इमेल आइडीबाट बिङ्गो खेलेर यति ठूलो पुरस्कार राशी जितेका हुन् । उनले केवल १५ मिनेटको अवधीमा आफ्ना बाबु आमाले जीवनभरी कमाएको भन्दा बढी रकम कमाए ।
७ वर्षको उमेरमै आमाले कम्प्युटर सिकाएपछि कम्प्युटर गेममा रुची राख्ने उनले जितेको रकम बाबु आमाले उनकै पढाइका लागि खातामा राखिदिएका छन् ।
छोराले खाली गेम खेल्दा रिसाउने बाबु पनि ज्याकपटमा त्यति धेरै रकम जितेको बखत भने केही बोल्न सकेनन् अचम्मित मात्र भए ।

प्रतिक्रियाहरु