इजिप्टले नयाँ राजधानी बनाउने

२०७१ फाल्गुन ३० गते, शनिबार

काठमाडौं, ३० फाल्गुन । इजिप्ट सरकारले नयाँ राजधानी बनाउने भएको छ । नयाँ राजधानी अहिलेको राजधानी कायरोभन्दा पूर्वतर्फ बनाइने इजिप्ट सरकारले जनाएको छ । हालको राजधानी कायरो भिडभाड र साँघुरो भएको भन्दै अन्यत्र सार्न लागिएको बीबीसीले जनाएको छ । पाँच वर्षभित्र नयाँ राजधानी बनाइसक्ने इजिप्ट सरकारको लक्ष्य छ ।सिंगापुर जत्रै हुने परिकल्पना गरिएको नयाँ राजधानीको नाम भने तोकिएको छैन । नयाँ राजधानीमा संसद भवन, मन्त्रालयहरु, विदेशी राजदूतावास सारिने छ । उक्त स्थानमा सुविधायुक्त २ हजार क्याम्पस र विद्यालय तथा ६ सय अस्पताल बनाइने पनि जनाइएको छ ।
नयाँ राजधानीमा एक लाख बढी नयाँ रोजगारी सिर्जना हुने अपेक्षा इजिप्ट सरकारको छ । नयाँ राजधानी बनाउन ४५ बिलियन डलर खर्च हुने अनुमान गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु