ट्युनिसियामा आतंकवादी हमला १९ जना मारिए

२०७१ चैत्र ५ गते, बिहीबार

काठमाडौं, ५ चैत । ट्युनिसियाको राजधानी ट्युनिसस्थित बार्दो संग्राहलयमा बन्दुकधारीहरुले आक्रमण गर्दा १९ जना मारिएका छन् । मारिनेमा १७ जना विदेशी पर्यटक र दुईजना ट्युनिसियाली नागरिक रहेको जनाइएको छ ।राजधानी ट्युनिसको व्यस्त संग्रहालयमा भएको आतंकवादी हमलामा जापान, इटाली, कोलम्बिया, अष्ट्रेलिया, स्पेन, फ्रान्स र पोल्यान्डका पर्यटक मारिएका हुन् ।स्थानीय प्रहरीको कारबाहीमा दुई बन्दुकधारीको समेत मृत्यु भएको छ । प्रहरीले बन्दुकधारीलाई सहयोग गर्ने अन्य आतंकवादीहरुको खोजी गरिरहेको जनाएको छ ।
ट्युनिसियाको उक्त संग्रहालय संसद भवननजिकै रहेको छ । आक्रमणको समयमा संसदमा प्रतिआतंकवाद कानुनका विषयमा छलफल भैरहेको थियो ।
आक्रणमणपछि ट्युनिसियाका राष्ट्रपति बेजी सेद इसेब्सीले ‘आफ्नो मुलुक आतंकवादविरुद्धको लडाइँमा होमिएको र जित प्रजातन्त्र पक्षधरकै हुने’ दाबी गरे ।
उनले आतंकवादीविरुद्धको कारबाहीमा कुनै दया नराखिने समेत प्रष्ट पारे ।- एजेन्सी

प्रतिक्रियाहरु