बिश्व

बिस्वकै जेठी महिलाको निधन

काठमाडौं । संसारकै सबैभन्दा जेठी महिला जापानकी मिसाओ ओकावाको १ सय १७ वर्षको उमेरमा बुधबार निधन भएको छ । सन् १८९८ मा जन्मिएकी ओकावालाई सन् २०१३ मा गिनिज बुकले संसारकै जेठी महिलाको प्रमाणपत्र दिएको थियो । उनले यसै महिना आफ्नो जन्मदिन मनाएकी थिइन् ।उनको जन्मदिनको कार्यक्रम राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । उनको जीवनकालमा […]

२०७१ चैत्र १९ गते, बिहीबार

प्यालेष्टायनी शिविरमा शरणार्थी र लडाकूबीच भिडन्त

काठमाडौं, १९ चैत । सिरियाको राजधानीमा रहेको प्यालेष्टायनी शरणार्थी शिविरमा आइएस लडाकू प्रवेश गरी शिविरको ठूलो भाग नियन्त्रणमा लिएका छन् । यामरुक शरणार्थी शिविरमा लडाकू घूसेपछि उनीहरुसँग भिडन्त भएको खबर छ । शिविरभित्र १८ हजार प्यालेष्टायनी शरणार्थी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।सिरियाको राजधानीमै प्रवेश गरेर आईएस कुनै स्थल कब्जा गरेको यो पहिलो घटना हो […]

२०७१ चैत्र १९ गते, बिहीबार

नाइजेरियाको राष्ट्रपतिमा बुहारी विजयी

काठमाडौं, १८ चैत । अफ्रिकी मुलुक नाइजेरियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्व सैन्य शासक मुहाम्मादु बुहारी विजयी भएका छन् ।वर्तमान राष्ट्रपति गुडलक जोनाथनले आफ्नो हार स्वीकार गर्दै बुहारीलाई बधाइ दिनु भएको बीबीसीले जनाएको छ । बुहारीले गुडलक भन्दा २० लाख बढी मत पाएको बताइएको छ । नाइजेरियामा पहिलो पटक राष्ट्रपति निर्वाचनमा विपक्षीको जित भएको हो सत्ताधारी […]

२०७१ चैत्र १८ गते, बुधबार

यमनको शरणार्थी शिविरमा हवाई आक्रमण

काठमाडौं, १७ चैत । यमनमा एक शरणार्थी शिविरमा गरिएको हवाई आक्रमणमा ४० जना मारिएका छन् । सहायताकर्मीका अनुसार उत्तरपश्चिमी यमनमास्थित अल मार्जाक शिविरमा गरिएको आक्रमणमा दुई सय व्यक्ति घाइते भएका छन् । घटनाप्रति साउदी सरकार र हुथी विद्रोहीले एकार्कामाथि दोष थोपरेका छन् ।सरकारी मिडियाले साउदी विमानले आक्रमण गरेको जनाएको छ भने यमनी विदेश मन्त्रीले घटना […]

२०७१ चैत्र १७ गते, मंगलवार

जम्मुकश्मिरमा भिषण बाढीपहिरो

काठमाडौँ । जम्मुकश्मिरमा भारी वर्षपछि आएको बाढीले ठूलो जनधनको क्षति पु-याएको छ । वर्षपछि आएको बाढीले यहाँका १८ घर बगाएको छ भने २१ जना मानिस अहिलेसम्म सम्पर्क बाहिर रहेका छन् । त्यस्तै विभिन्न ठाउँमा घरहरु डुबानमा परेको समचार आइरहेको समचार संस्था बिबिसीले जनाएको छ । सरकारले अहिले त्यस क्षेत्रलाई बाढीग्रस्त क्षेत्र घोषणा गरेको छ । […]

२०७१ चैत्र १६ गते, सोमबार

अरब मुलुकहरुको संयुक्त सेना बन्ने

काठमाडौं, १६ चैत । अरब मुलुकहरुले संयुक्त सेना बनाउन सहमति गरेका छन् । इजिप्टमा चलिरहेको अरब लीग देशका प्रमुखहरुको बैठकले अरबको संयुक्त सेना बनाउन सहमति गरेका हुन् ।इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसिले संयुक्त सेना बनाउन सहमति बनेको जानकारी दिएका छन् । यमनको जारी संकट, ईराक, सीरिया र लीबियामा इस्लामिक अतिवादी समूहको बढ्दो प्रभाव रोक्ने […]

२०७१ चैत्र १६ गते, सोमबार

पूर्व प्रधानमन्त्री ली’ को अन्त्येष्टि गरिदै

काठमाडौँ , १५ चैत । सिङ्गापुरकाे पूर्व प्रधानमन्त्री ली क्वान यु को आज एक निजी समारोहबीच अन्त्येष्टि हुने कार्यक्रम रहेको छ । राज्यद्वारा आयोजना गरिने उनकाे अन्त्येष्टिमा एसिया तथा प्रशान्त क्षेत्रका नेता तथा विश्वका उच्च पदाधिकारीको उपस्थिति रहनेछ । शनिबार उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनका पुराना मित्र तथा अमेरिकाका पूर्व विदेशमन्त्री हेन्री किसिन्जर पुगेका थिए […]

२०७१ चैत्र १५ गते, आईतवार

यमनका राष्ट्रपति साउदीको शरणमा

काठमाडौँ, १३ चैत । विद्रोहीको आक्रमणबाट जोगिन यमनका राष्ट्रपति अब्दराब्बुह मन्सुर हादी भागेर साउदी अरब पुग्नु भएको छ । उहाँ साउदी अरबको राजधानी रियाद पुग्नु भएको बिबिसीले जनाएको छ । विद्रोहीले सशक्त कारबाही थालेपछि यसअघि हादीले राजधानी साना छोड्नु भएको थियो । राष्ट्रपति हादी समर्थक साउदी अरबले यमनमा विद्रोही समूह विरुद्ध सैन्य अभियानलाई निरन्तरता दिईरहेको […]

२०७१ चैत्र १३ गते, शुक्रबार

यमन विद्रोहीको कब्जामा

काठमाडौं, १२ चैत । यमनमा विद्रोहीहरुबाट भइरहेको भीषण आक्रमणका क्रममा राष्ट्रपति अब्द राब्बुह मन्सुर हादीको अवस्था अज्ञमत रहेको समाचार बाहिर आउको छ । सिया विद्रोह हुथी राष्ट्रपति हादी बस्दै आइरहेको नगरमा प्रवेश गरेपछि उनी त्यहाँबाट पलायन भएको जनाइएको छ । सरकार विरोधी हुथी विद्रोही देशको दक्षिणी भागमा अगाडि बढिरहेका छन् । राष्ट्रपति हादी दक्षिण तटीय […]

२०७१ चैत्र १२ गते, बिहीबार

झण्डै ५ सय बालबालिका हराए

काठमाडौं । नाईजेरियामा ११ वर्ष र त्यस भन्दा कम उमेरका झण्डै ५ सय बालबालिका हराएका छन् । नाइजेरियाको दमास्क शहरबाट झण्डै ५ सय जना बालबालिका हराएका बिबिसीले जनाएको छ । यो शहर विद्रोही समूहको नियन्त्रणमा छ । विद्रोही समूह बोको हरामले आफ्नो मिसनका लागि ती बालबालिकालाई अपहरण गरेको हुन सक्ने अनुमान गरिएको छ । इस्लामी […]

२०७१ चैत्र ११ गते, बुधबार