वरमाला पहिराउन नसकेपछि …

२०७१ चैत्र २ गते, सोमबार

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित गाजियावादमा भएको एउटा विवाह विवाह समारोहका बेहुलाका साथीहरुले बेहुलालाई बेहुलीको पहुँचभन्दा निकै माथि उठाए । त्यसक्रममा बेहुलीले वरमाला पहिराउन सकिनन् । जसका कारण विवाह नै हुन सकेन । वरमाला लगाउन नसकेकै कारण बेहुलीले विवाह गर्न अस्वीकार गरेपछि विवाह मात्र रद्द भएन । विवाह समारोहका लागि बेहुला पक्षले खर्च गरेको पाँच लाख रुपैयाँसमेत दिनु परेको छ।
विवाहअघि उनीहरु दुवै जना पुणेमा एउटा बहुराष्ट्रिय कम्पनीका काम गर्दथे । त्यतिबेलैबाट उनीहरु एकअर्काको सम्पर्कमा आएका थिए । युवती गाजियावाद निवासी थिइन् । युवकको परिवार भने पुणे निवासी थियो ।
उनीहरुबीचको चिनजान विवाहमा परिणत हुँदै थियो । तर, विवाह समारोहमा वरमाला लगाउने क्रममा साथीहरुले बेहुलालाई अलि बढी नै माथि उठाए । जसका कारण बेहुलीले वरमाला पहिराउन सकिनन् । बेहुलीले तीन पटकसम्म बेहुलालाई वरमाला लगाइदिने कोशिस गरिन । तर, तेस्रो कोशिस पनि असफल भएपछि उनले विवाह गर्नै अस्वीकार गरिन् ।
त्यसपछि बेहुला र बेहुली पक्षबीच झडप भयो । झडप नियन्त्रण गर्न प्रहरी बोलाउनु पर्ने अवस्था आयो । बेहुलाका परिवारले बेहुलीका परिवारसँग विवाह समारोहमा भएको खर्च दिए । प्रहरी अधिकारी उपेन्द्र यादवले भने–घटना प्रहरीसामु आएको थियो । तर दुवै पक्षले प्रहरी चौकीमै आपसी सहमतिमा समस्या समाधान गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु