बिश्व

जापानमा भिषण बाढी

काठमाडौं, २५ भदौ । जापानको उत्तर पूर्वी क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण करिब एक लाख मानिस प्रभावित भएका छन् । राजधानी टोकियोबाट उत्तरी क्षेत्रमा रहेको जोसो शहर बढी प्रभावित भएको छ । बाढी र पहिरो प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । केही मानिस हराइरहेका छन् भने केही घाईते भएका छन् […]

२०७२ भाद्र २५ गते, शुक्रबार

रुसी सैनिक तैनाथमा अमेरिका र नेटोको आपत्ति

काठमाडौं,२४ भदौ । अमेरिका र नेटोले सिरियामा रुसी सैनिकको उपस्थिति बढाइएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् । अमेरिकी विदेश मन्त्री जोन केरीले रुसी समकक्षी सर्गेई लाभरोभसँग टेलिफोन वार्ता गर्दै सैन्य उपस्थितिका बारेमा चासो जनाएका हुन । नेटो प्रमुख जेन्स स्टोलटेनबर्गले पनि यदि खबरहरुमा आए जस्तै रुसले सिरियामा सैनिक बढाएको हो भने त्यसले द्वन्द्वको […]

२०७२ भाद्र २४ गते, बिहीबार

हंगेरीका रक्षामन्त्रीद्वारा राजीनामा

काठमाडौं, २२ भदौ । हंगेरीका रक्षामन्त्री चोबा हेंडेले पदबाट राजीनामा दिएका छन् । हंगेरीमा आप्रावासीहरुको प्रवेशको क्रम बढिरहेको बेला रक्षा मन्त्रीको राजीनामा आएको हो । उनले आप्रबासीहरुको बिषयमा सुरक्षा परिषद्को बैठक लगत्तै पदबाट राजीनामा दिएको बताइएको छ । रक्षा मन्त्री हेंडेले आप्रवासीलाई रोक्नका लागि सीमामा पर्खाल निर्माण गर्न हंगेरी सरकार समक्ष बारम्बार आग्रह गर्दा पनि […]

२०७२ भाद्र २२ गते, मंगलवार

आसाममा बाढी, लाखौ मानिस प्रभावित

काठमाडौं, २१ भदौ । भारत आसाममा लगातारको वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ । आइतबार मात्र पाँच जनाको मृत्यु भएको आसाम सरकारले जनाएको छ । बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ डुबानमा पर्दा १८ लाख मानिस प्रभावित भएको जनाइएको छ । बाढी पहिरोबाट विस्थापित बनेका करिब डेढ लाख मानिसलाई २ […]

२०७२ भाद्र २१ गते, सोमबार

संविधानको मस्यौदा अस्विकृत

काठमाडौं, २० भदौ । थाइल्याण्डमा सैन्य नेतृत्वले नियुक्त गरेको परिषद्ले विवादास्पद नयां संविधानको मस्यौदा अस्विकृत गरेको छ । २ सय ४७ सदस्यीय राष्ट्रिय सुधार परिषद्ले मस्यौदा अस्विकृत गरेको हो । अब अर्को मस्यौदा लेखनका लागि नयां समिति गठन गर्नु पर्ने भएपछि आमचुनावको मिति अनिश्चित बनेको छ । नयां संविधानको मस्यौदा तयार नपारेसम्म सैन्य सरकार शक्तिमा […]

२०७२ भाद्र २० गते, आईतवार

कार र्‍यालीमा दुर्घटना, छ जनाको मृत्यु

काठमाडौं, २० भदौ । स्पेनको उत्तर पश्चिमी गालिसिया क्षेत्रमा आयोजित कार र्‍यालीमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका १६ मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । तीब्र गतिको कार अनियन्त्रित भई दर्शक माझ ठोक्किन पुगेपछि दुर्घटना भएको थियो । – एजेन्सी

२०७२ भाद्र २० गते, आईतवार

आप्रवासीलाई शरण दिनैपर्छ : राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघले विकराल बन्दै गएको आप्रवासी समस्या समाधानका लागि दुई लाख आप्रवासीलाई युरोपियन युनियनआवद्ध राष्ट्रले शरण दिनैपर्ने जिकिर गरेको छ । राष्ट्रसंघीय शरणार्थी नियोगका प्रमुख एन्तोनियो गुतेरसले विकराल बनेको आप्रवासी समस्या समाधानका लागि इयुले पूर्णरुपमा शक्ति परिचालन गर्नैपर्ने उल्लेख गरेका हुन् । आप्रवासीको भार व्यहोर्ने वा नव्यहोर्ने भन्नेमा इयु सदस्य राष्ट्रबीचमा एकमत छैन […]

२०७२ भाद्र १९ गते, शनिबार

ग्वाटेमालाका निवर्तमान राष्ट्रपति जेल चलान

काठमाडौं, भदौ । ग्वाटेमालाका निवर्तमान राष्ट्रपतिलाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएको छ । ग्वाटेमालाको एक अदालतले निवर्तमान राष्ट्रपति ओतो पेरेस मोलीनालाई करोडौं डलर भ्रष्टाचार गरेको अभियोगमा जेल चलान गर्न आदेश दिएको हो । यद्यपि, मोलीनाले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् । ग्वाटेमालमा पछिल्लो समय भ्रष्टाचार मौलाउँदै गएपछि ब्यापक छानबिन हुन थालेको छ । […]

२०७२ भाद्र १८ गते, शुक्रबार

शिया मस्जिदमा बम हमला, २० जनाको मृत्यु

काठमाडौं, १७ भदौ । यमनको राजधानी सनास्थित एक शिया मस्जिदमा भएका दुई वटा आत्मघाती बम हमलामा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा कयौं घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । नमाज पढेर मस्जिद बाहिर निस्किरहेकाहरु माझ एक आत्मघातीले विस्फोट गराएलगत्तै अर्को कारमा विस्फोट गराइएको […]

२०७२ भाद्र १७ गते, बिहीबार

आइएसको ज्यादती , चार युवालाई जिउँदै जलायो

काठमाडौं, १६ भदौ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले चार इराकी सिया युवालाई जिउँदै जलाएका छन् । आइएसले एक भिडियो जारी गर्दै ती चार युवालाई जिउँदै जलाएको दृष्य सार्वजनिक गरेको हो । जिउँदै जलाइएका युवाको पहिचान ‘पपुलर मोभिलाइजेसन बल’ का लडाकुका रुपमा गरिएको छ । उनीहरुलाई फलामे साङ्लोले बाँधेर झुण्ड्याइएको अवस्थामा तलबाट आगो […]

२०७२ भाद्र १६ गते, बुधबार