संविधानको मस्यौदा अस्विकृत

२०७२ भाद्र २० गते, आईतवार

काठमाडौं, २० भदौ । थाइल्याण्डमा सैन्य नेतृत्वले नियुक्त गरेको परिषद्ले विवादास्पद नयां संविधानको मस्यौदा अस्विकृत गरेको छ । २ सय ४७ सदस्यीय राष्ट्रिय सुधार परिषद्ले मस्यौदा अस्विकृत गरेको हो । अब अर्को मस्यौदा लेखनका लागि नयां समिति गठन गर्नु पर्ने भएपछि आमचुनावको मिति अनिश्चित बनेको छ ।
नयां संविधानको मस्यौदा तयार नपारेसम्म सैन्य सरकार शक्तिमा नै रहिरहने छ । अब नयां मस्यौदा लेखनका लागि नयां समितिलाई १ सय ८० दिनको समय दिइने छ र यसले तयार पारेको मस्यौदा जनमत सग्रहका लागि लगिनेछ ।
मुलुक संकटमा परेका बेला २३ सदस्यीय समितिले सरकार भन्दा माथि रहेर काम गर्न सक्ने व्यवस्था रहेको उक्त मस्यौदालाई लिएर व्यापक आलोचना भएको थियो ।
राजनीतिक अस्थिरता बढ्दै गएपछि सेनाले यिङलक शिनावत्राको निर्वाचित सरकारलाई गत वर्ष अपदस्थ गरेको थियो । सन् १९३२ मा सक्रिय राजसंस्थाको अन्त्य पछि पनि थाइल्याण्डमा धेरै पटक नयां संविधानको प्रयोग असफल भैसकेका छन् ।

प्रतिक्रियाहरु