शिया मस्जिदमा बम हमला, २० जनाको मृत्यु

२०७२ भाद्र १७ गते, बिहीबार

काठमाडौं, १७ भदौ । यमनको राजधानी सनास्थित एक शिया मस्जिदमा भएका दुई वटा आत्मघाती बम हमलामा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा कयौं घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । नमाज पढेर मस्जिद बाहिर निस्किरहेकाहरु माझ एक आत्मघातीले विस्फोट गराएलगत्तै अर्को कारमा विस्फोट गराइएको थियो । चरमपन्थी संगठन इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ । यसअघि उत्तरी यमनमा दुई जना राहतकर्मीको गोली हानी हत्या भएको थियो । एक बन्दुकधारीले गोली हानेर राहतकर्मीको हत्या गरेको अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु