आसाममा बाढी, लाखौ मानिस प्रभावित

२०७२ भाद्र २१ गते, सोमबार

काठमाडौं, २१ भदौ । भारत आसाममा लगातारको वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ । आइतबार मात्र पाँच जनाको मृत्यु भएको आसाम सरकारले जनाएको छ । बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ डुबानमा पर्दा १८ लाख मानिस प्रभावित भएको जनाइएको छ ।
बाढी पहिरोबाट विस्थापित बनेका करिब डेढ लाख मानिसलाई २ सय ७७ शिविरमा राखिएको छ । पीडितलाई राहत सामग्री पुर्‍याउन नसकिएको बताइएको छ ।
उद्धार र राहतका लागि भारतीय सेना नै संलग्न भएको छ । पीडितको उद्धार र राहतका लागि केन्द्र सरकारसँग सहयोग मागिएपनि कुनै सहयोग नमिलेको मूख्यमन्त्री तरुण गोगोईले अरोप लगाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु