बिश्व

माल्दिभ्सका पूर्व राष्ट्रपति नसिद जेल चलान

काठमाडौं, भदौ ८ । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नसिदलाई जेल चलान गरिएको छ । आतंकवादलाई प्रश्रय दिएको अभियोग लगाइएका नसिदलाई केही समयअघि माल्दिभ्सको सर्वोच्च अदालतले १३ वर्ष जेल सजाँय तोकेको थियो । यसअघी उनलाई नजरबन्दमा राखिएको थियो । सन् २००९ मा राष्ट्रपति पदमा नियुक्त भएका नसिदलाई सन् २०१२ मा सुरक्षाकर्मीले विवाद गरी राष्ट्रपति पदबाट हटाएका […]

२०७२ भाद्र ८ गते, मंगलवार

आइएसको आक्रमणबाट प्राचीन बाल्सेमिन मन्दिर ध्वस्त

काठमाडौं, ७ भदौ । सिरियाको चरमपन्थी इस्लामिक स्टेट (आइएस)ले पल्माइरास्थित प्राचीन बाल्सेमिन मन्दिर ध्वस्त बनाइदिएका छन् । सिरियाका प्राचीन कलाकृति विभागका प्रमुखले यो मन्दिर आइतबार विद्रोहीहरुले ध्वस्त बनाइदिएको दाबी गरेका छन् । आइएसले मन्दिरभित्र ठूलो संख्यामा विस्फोटक पदार्थ भण्डारण गरेको र पछि मन्दिरनै ध्वस्त बनाएको अधिकारीहरुले बताएका छन् । अघिल्लो महिनामा पनि आइएसले केही फोटो […]

२०७२ भाद्र ७ गते, सोमबार

एअर शो गरिरहेको बिमान दुर्घटना

काठमाडौं, ६ भदौ । बेलायतमा एअर शो गरिरहेको बिमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।शोरहेममा भएको दुर्घटनामा एक जनाको अवस्था भने गम्भीर रहेको छ । घटनामा १४ जनालाई सामान्य चोट लागेको छ । एयर शो गर्दै गरेको विमान नजिकैको राजमार्गमा खस्दा थुप्रैं गाडी निशानामा परेका थिए । विमान खस्ने वित्तिकै आगो र धुँवाको […]

२०७२ भाद्र ६ गते, आईतवार

ग्रीसका प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौं, ४ भदौ । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले राजीनामा दिएका छन् । उनले चाँडै मध्यावधी चुनाव गर्ने घोषणासमेत गरेका छन् । युरोपेली ऋणदाताले ग्रीसका लागि तेस्रो राहत प्याकेजमा सम्झौता गरेपछि प्रधानमन्त्री सिप्रासले वामपन्थी विचारधारा बोकेको आफ्नै सिरिजा पार्टीभित्र अन्तरविरोधको सामना गर्नुपरेको थियो । ग्रीसले बिहीबारमात्रै पहिलो किस्तामा १३ अर्ब युरो ऋण प्राप्त गरेको थियो । […]

२०७२ भाद्र ४ गते, शुक्रबार

सुनचाँदीले भरिएको रेल फेला पारेको दाबी

काठमाडौ, ३ भदौ । पोल्याण्डमा दुई युवाले दोस्रो विश्वयुद्धको समयदेखि बेपत्ता एक रेल फेला पारेको दाबी गरेका छन् जसमा बहुमूल्य धातु रहेको बताइन्छ । सुन, चाँदी र हिरा जस्ता बहुमूल्य धातुले भरिएको सो रेल दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा बेपत्ता भएको थियो । उक्त रेल पोल्याण्डको मौजुदा सहर व्रोक्ला नजिकैबाट बेपत्ता भएको बताइन्छ । […]

२०७२ भाद्र ३ गते, बिहीबार

भारतमा भीषण बाढी, हजारौ मानिस प्रभावित

काठमाडौं,३ भदौ । भारतका पूर्वी तथा उत्तरी राज्यहरुमा भीषण वर्षासँगै आएको बाढीमा परी लाखौं मानिस प्रभावित भएका छन् । असममा बाढीका कारण प्रभावित १७ हजार ५ सय ७५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । असममा यो वर्ष दोस्रो पटक ठूलो बाढी आएको हो । असमका सात जिल्लाका २ सय ८२ गाउँ डुवानमा परेका छन् । […]

२०७२ भाद्र ३ गते, बिहीबार

बम विस्फोट गराउनेको फोटो सार्वजनिक

काठमाडौं, २ भदौ । थाइल्याण्डको बैंककमा भएको बम बिस्फोटका संलग्न संदिग्ध ब्यक्तिको फोटो सार्वजनिक भएको छ । सीसीटीभीको फुटेजका आधारमा संदिग्धको फोटो सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको फुटेजमा पहेंलो टिसर्ट लगाएको एक युवकले बम बिस्फोट भएको क्षेत्रको मन्दिर परिसरमा प्रवेश गरी आफ्नो पिठ्युँमा भएको झोला बिसाई निस्केको देखाइएको छ । निज युवकको ब्यापक खोजी […]

२०७२ भाद्र २ गते, बुधबार

पाकिस्तानमा हवाइ आक्रमण ५० विद्रोहीको मृत्यु

काठमाडौ, १ भदौ । पाकिस्तानको उत्तरी वजिरिस्तानमा गरिएको हवाइ आक्रमणको क्रममा कम्तिमा ५० जना विद्रोही मारिएको पाकिस्तानी सेनाले जनाएको छ । अफगानिस्तानको सीमासँग जोडिएको वजिरिस्तानको आदिवासी क्षेत्रमा गरिएको हवाइ आक्रमणको क्रममा विद्रोही मारिएको सेनाले दाबी गरेको हो । हवाइ आक्रमणको क्रममा विद्रोहीका गोल बारुद राखिएका स्थानलाई पनि लक्षित गरिएको सेनाले जनाएको छ । पत्रकारलाई वजिरिस्तानको […]

२०७२ भाद्र १ गते, मंगलवार

भारतीय राष्ट्रपतिलाई पत्नीशोक

काठमाडौ, १ भदौ । भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई पत्नी शोक परेको छ । राष्ट्रपति मुखर्जीकी पत्नी सुभ्रा मुखर्जीको ७४ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपति मुखर्जीले आफ्नो ट्वीटर अकाउन्टबाट पत्नी वियोगको जानकारी दिएका हुन् । मंगलबार बिहान दिल्लीस्थित आमी रिसर्च एन्ड रेफरल अस्पतालमा स्थानीय समयअनुसार बिहान १०ः५१ बजे उनको निधन भएको हो । हृदयघात […]

२०७२ भाद्र १ गते, मंगलवार

बैंककमा विस्फोट, २१ जनाको मृत्यु

काठमाडौं, १ भदौं । थाइल्याण्डको राजधानी बैंककमा सोमबार साँझ एक हिन्दु मन्दिर नजिकै भएको विस्फोटमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । विष्फोटबाट एक सय २० जनाभन्दा बढी घाइते भएका छन् । दुईवटा बम भने सुरक्षाकर्मीले निस्कृय तुल्याएका थिए । विस्फोटमा कसको संलग्नता छ भन्ने प्रस्ट हुन सकेको छैन । ठूलो संख्यामा मानिस भेला भएको […]

२०७२ भाद्र १ गते, मंगलवार