आइएसको ज्यादती , चार युवालाई जिउँदै जलायो

२०७२ भाद्र १६ गते, बुधबार

काठमाडौं, १६ भदौ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले चार इराकी सिया युवालाई जिउँदै जलाएका छन् । आइएसले एक भिडियो जारी गर्दै ती चार युवालाई जिउँदै जलाएको दृष्य सार्वजनिक गरेको हो । जिउँदै जलाइएका युवाको पहिचान ‘पपुलर मोभिलाइजेसन बल’ का लडाकुका रुपमा गरिएको छ । उनीहरुलाई फलामे साङ्लोले बाँधेर झुण्ड्याइएको अवस्थामा तलबाट आगो लगाएको दृष्य भिडियोमा देखिन्छ । जलाइनु अघि ती चार युवाले आफूहरुलाई अनबर प्रान्तको राजधानी रमादीबाट ४०० किलोमिटर टाढा नेखिब इलाकाबाट अपहरण गरिएको जनाएका छन् । भिडियोमा मास्क लगाएको एउटा आइएस लडाकुले ‘अब बदलाको समय आयो’ भनेका छन् । उनले अगाडी भनेका छन्, ‘हामी आज उनीहरुमाथि त्यस्तै प्रकारले हमला गर्दैछौं जसरी उनीहरुले हामीमाथि गरेका थिए ।’ सो भिडियोमा एउटा क्लिप पनि देखाइएको छ जसमा एक सुन्नी युवालाई आगो लगाइएको छ । सुन्नी युवालाई आगो लगाउँदा सरकारी सैनिक मुकदर्शक बनेको सो क्लिपमा देखाइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु