आप्रवासीलाई शरण दिनैपर्छ : राष्ट्रसंघ

२०७२ भाद्र १९ गते, शनिबार

काठमाडौं । संयुक्त राष्ट्रसंघले विकराल बन्दै गएको आप्रवासी समस्या समाधानका लागि दुई लाख आप्रवासीलाई युरोपियन युनियनआवद्ध राष्ट्रले शरण दिनैपर्ने जिकिर गरेको छ ।
राष्ट्रसंघीय शरणार्थी नियोगका प्रमुख एन्तोनियो गुतेरसले विकराल बनेको आप्रवासी समस्या समाधानका लागि इयुले पूर्णरुपमा शक्ति परिचालन गर्नैपर्ने उल्लेख गरेका हुन् । आप्रवासीको भार व्यहोर्ने वा नव्यहोर्ने भन्नेमा इयु सदस्य राष्ट्रबीचमा एकमत छैन । हंगेरीमा मात्र पछिल्ला दिनमा सयौं आप्रवासी अधिकारीको नियन्त्रणमा रहेका छन् । हंगेरीले ती आप्रवासीलाई शरणार्थी शिवरमा पठाउन खोजिरहेको छ भने उनीहरु भने शिविरमा जाँदा जर्मनीलगायतको युरोपेली मुलुकमा शरणार्थीको हैसियतमा जान बाटो छेकिने भन्दै मानिरहेका छैनन् । अप्रवासीहरु आफूहरुलाई अष्ट्रियातर्फ जान माग गरिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु