जापानमा भिषण बाढी

२०७२ भाद्र २५ गते, शुक्रबार

काठमाडौं, २५ भदौ । जापानको उत्तर पूर्वी क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण करिब एक लाख मानिस प्रभावित भएका छन् ।
राजधानी टोकियोबाट उत्तरी क्षेत्रमा रहेको जोसो शहर बढी प्रभावित भएको छ । बाढी र पहिरो प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । केही मानिस हराइरहेका छन् भने केही घाईते भएका छन् । दुई दिन देखिको लगातारको वर्षा पछिको बाढी पहिरोका कारण असामान्य स्थिति श्रृजना भएको भन्दै अधिकारीहरुले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । वर्षा अघि एक सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधी आएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु