ग्वाटेमालाका निवर्तमान राष्ट्रपति जेल चलान

२०७२ भाद्र १८ गते, शुक्रबार

काठमाडौं, भदौ । ग्वाटेमालाका निवर्तमान राष्ट्रपतिलाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएको छ । ग्वाटेमालाको एक अदालतले निवर्तमान राष्ट्रपति ओतो पेरेस मोलीनालाई करोडौं डलर भ्रष्टाचार गरेको अभियोगमा जेल चलान गर्न आदेश दिएको हो ।
यद्यपि, मोलीनाले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् । ग्वाटेमालमा पछिल्लो समय भ्रष्टाचार मौलाउँदै गएपछि ब्यापक छानबिन हुन थालेको छ । भ्रष्टाचारको आरोप लागेपछि मोलिनाले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसपछि उपराष्ट्रपति एलेजान्द्रो मोल्दोनादो कार्यवाहक राष्ट्रपति बनेका छन् । राष्ट्रपति पदका लागि आगामी आइतबार निर्वाचन हुँदैछ । – एजेन्सी

प्रतिक्रियाहरु