बिश्व

सिरियामा युद्ध अन्त्यको दिशामा काम गर्ने प्रतिबद्धता

काठमाडौं, १४ कार्तिक । सिरियाको गृहयुद्धमा अलगअलग पक्षको समर्थन गरिरहेका देशहरुले युद्ध अन्त्यको दिशामा काम गर्ने प्रतिबद्धता जनाएका छन् । सिरियाली संकट समाधानको उपाय खोज्न अस्ट्रियाको भियनामा भएको छलफलमा सहभागी देशहरुबीच राष्ट्रपति बसर अल असदको भविष्यलाई लिएर भने केही सहमति बन्न सकेन । बैठकमा अमेरिका, रुस, इरान, टर्की र साउदी अरेबियाका प्रतिनिधी सहभागी थिए । […]

२०७२ कार्तिक १४ गते, शनिबार

उड्न लागेको जहाजमा आगो लाग्यो, १५ जना घाइते

काठमाडौं, कार्तिक १३ । अमेरिकाको हलिउड इन्टनेसनल एयरपोर्टबाट भेनेजुएलाका लागि उडान भर्न लागेको डाइनामिक एयरलाइन्सको बोइङ ७६७ को बायाँ इन्जिनमा इन्धन चुहिएपछि आगलागी भएको छ ।सो जहाजमा आगो लाग्दा १५ जना घाइते भएका छन् । आगलागीपछि विमानमा रहेका यात्रुहरुलाई सकुसल बाहिर निकालिएको थियो । चालक दलका सदस्यहरुले सावधानीपूर्वक जहाजलाई ठूलो दुर्घटना हुनबाट बचाएका थिए । […]

२०७२ कार्तिक १३ गते, शुक्रबार

बहुपक्षीय वार्तामा इरान पनि सहभागि हुने

काठमाडौं, १२ कार्तिक । सिरिया संकटबारे अष्ट्रियाको भियनामा हुने बहुपक्षीय वार्तामा इरानले पनि भाग लिने भएको छ । आफूहरुलाई आएको निम्तोको समीक्षा गरिएको र उक्त वार्तामा विदेशमन्त्री जावेद जरिफले सहभागिता जनाउने विदेश मन्त्रालयका प्रवक्ता मर्जीह अफखमले जानकारी दिए । इरान अमेरिकाको साथ यस्तो बहुपक्षीय वार्तामा संलग्न हुन लागेको यो पहिलो अवसर भएको पनि बताइएको छ […]

२०७२ कार्तिक १२ गते, बिहीबार

सिरियाबारेको वार्तामा इरानलाई निम्त्याउने सम्भावना

काठमाडौं, ११ कार्तिक । सिरियाका बारेमा अमेरिका र रुसबीच भइरहेको वार्तामा इरानलाई पनि आमन्त्रण गरिने सम्भावना बढेको छ । आगामी बिहीबार अष्ट्रियाको राजधानी भियनामा सुरु हुने बैठकमा इरानको सहभागिता जरुरी रहेको भन्दै अमेरिका र रुसले यस्तो निर्णय गरेको जनाइएको छ । यद्यपी इरानले बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे केही बोलेको छैन । सिरियाका राष्ट्रपति […]

२०७२ कार्तिक ११ गते, बुधबार

भूकम्पबाट सयौको मृत्यु हजारौ घाइते

काठमाडौ १० कार्तिक । अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी पाकिस्तान र अफगानिस्तानमा गरी कम्तीमा २६० जनाको मृत्यु भएको छ । भूकम्पका कारण घाइते भएकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पाकिस्तानको खैवर पख्तुन्वा र फाटामा ठूलो क्षति भएको छ । थुप्रै बेपत्ता भएका छन् […]

२०७२ कार्तिक १० गते, मंगलवार

पाकिस्तान–अफगानीस्तानको सीमा क्षेत्रमा ७.७ रेक्टरको भूकम्प

काठमाडौं, ९ कात्तिक। पाकिस्तान–अफगानीस्तानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ अनुसन्धानले सुरुमा भूकम्प ७.७ रेक्टर स्केलको भने पनि पछि सच्याउँदै ७.५ भएको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु राजधानी काबुलबाट २ सय ६५ किलोमिटर उत्तर पूर्वमा पर्छ । भूकम्पको झड्का भारत, पाकिस्तानका साथै नेपालमा समेत महसुस भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा […]

२०७२ कार्तिक ९ गते, सोमबार

रुसी सहयोग चाहिदैन : सिरियाली विद्रोही

काठमाडौ, ९ कात्तिक । सिरियामा सक्रिय विद्रोही समूहले रुसको सहयोग अस्वीकार गरेको छ । सिरियाली विद्रोही समूह ‘फ्रि सिरियन आर्मी’ ले आफूलाई रुसको सहयोग आवश्यक नभएको प्रष्ट पारेको छ । बीबीसीका अनुसार सो समूहका प्रवक्ताले भनेका छन्, ‘रुसमाथि विश्वास गर्न सकिदैंन, हामीलाई रुसको सहयोग आवश्यक पनि छैन ।’ ‘फ्रि सिरियन आर्मी’लाई अमेरिकासहित अन्य पश्चिमी देशको […]

२०७२ कार्तिक ९ गते, सोमबार

माओवादीले झन्डै दुइ दर्जन गाडी जलाए

काठमाडौं,८ कार्तिक । भारतको छतीसगढमा माओवादीले सडक निर्माणमा प्रयोग भइरहेका २१ वटा गाडीमा आगजनी गर्नुका साथै ठाउँ ठाउँमा बिस्फोट गरेका छन् ।सयौंको संख्यामा गएका माओवादी कार्यकर्ताहरुले छत्तीसगढको बीजापुर जिल्लामा सडक निर्माण कार्यमा प्रयोग भइरहेका सवारीसाधनमाथि शनिबार साँझ आगजनी गरेका हुन् । आगजनीका कारण २१ वटै गाडी ध्वस्त भएको छ । सो जिल्लामा गत वर्षदेखि सडक […]

२०७२ कार्तिक ८ गते, आईतवार

आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस

काठमाडौं,७ कार्तिक । सन् १९४५ को अक्टोबर २४ मा औपचारिक रुपमा स्थापना भएको संयुक्त राष्ट्रसंघले ७० वर्ष पुरा गरेको छ । राष्ट्रसंघ स्थापना भएको दिनको सम्झनामा आज विश्वभर संयुक्त राष्ट्रसंघको स्थापना दिवस मनाईंदै छ । राष्ट्रसंघ स्थापना दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रसंघ महासचिव बान कि मुनले विश्वबाट गरिबी हटाउनका लागि एकता र सामुहिक पलहमा […]

२०७२ कार्तिक ७ गते, शनिबार

भारत – पाकिस्तान विवादमा मध्यस्थता गर्न सकिदैन : अमेरिका

काठमाडौं , ६ कार्तिक । अमेरिकाले भारत – पाकिस्तान काश्मिर विवादमा मध्यस्थता गर्न नसक्ने बताएको छ । यो मामिलामा अमेरिकाले कुनै नयाँ नीति नल्याएका करण पनि अहिलेको अवस्थामा मध्यस्थता गर्न नसकिने बताएको हो । अमेरिकी राष्ट्रपति बराक ओबामा र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ बीचको भेटपछि अमेरिकी प्रशासनले यो धारण सार्वजनिक गरेको हो । अमेरिकाले लश्करे […]

२०७२ कार्तिक ६ गते, शुक्रबार