बिश्व

रुसी सेनालाई सिरियाबाट फिर्ता हुन आदेश

काठमाडौ, २ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सिरियाबाट फिर्ता हुने आदेश दिएका छन् । पुटिनको यस्तो घोषणाले विश्व समुदायलाई आश्चर्यचकित बनाएको छ । उनले सिरियामा रुसी सैनिक परिचालनको उद्देश्य पूरा भएको भन्दै फिर्ता हुन आदेश दिएका हुन् । सिरियामा पाँच वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने विषयमा शान्ति वार्ता चलिरहेका बेला रुसको यस्तो […]

२०७२ चैत्र २ गते, मंगलवार

रिसोर्टमा आक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, १ चैत । अफ्रिकी मुलुक आइभरी कोस्टको अबिजानमा बन्दुकधारीले एक रिसोर्टमा गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । आक्रमणमा मृत्यु हुनेमा १४ जना सर्वसाधारण र दुई सैनिक रहेका छन् । दुई पक्षबीच भएको गोली हानाहानमा छ जना आक्रमणकारीसमेत मारिएका छन् । आक्रमणकारीहरुले एक होटलमा आएका पर्यटकलाई लक्षित गर्दै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका […]

२०७२ चैत्र १ गते, सोमबार

भेनेजुयलामा राष्ट्रपति बिरुद्ध प्रदर्शन

काठमाडौं,३० फागुन । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोलाई पद छाड्न दबाब दिंदै विपक्षीले प्रदर्शन गरेका छन् । माडुरोलाई पदच्यूत गर्ने नयाँ अभियानअन्तर्गत प्रदर्शन गरिएको हो । मुलुकको आर्थिक संकटप्रति रुष्ट विपक्षी गठबन्धनले राजधानी काराकास लगायत अरु शहरमा पनि प्रदर्शन गरेका छन् । सडक संघर्षबाटै माडुरोलाई सत्ताबाट हटाउने विपक्षीको योजना छ । गत हप्ता मात्र विपक्षी गठबन्धनले […]

२०७२ फाल्गुन ३० गते, आईतवार

विश्व महिला सम्मेलन सुरु हुँदै

काठमाडौ, ३० फागुन । ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने नारासहित आजदेखि काठमाडौंमा दोस्रो विश्व महिला सम्मेलन शुरु हुँदैछ ।सम्मेलनको आज दिउँसो १ बजे उद्घाटन गरिने भएको छ । त्यसअघि भृकुटीमण्डपबाट र्यालीसहित सम्मेलन स्थल प्रज्ञाभवनमा पुगिने भएको छ । सम्मेलनमा विश्वका झण्डै ५० देशका प्रतिनिधिहरुको सहभागिता रहने सम्मेलनको संयोजन गरिरहेको संयुक्त महिला संघले जनाएको छ […]

२०७२ फाल्गुन ३० गते, आईतवार

तलबको सट्टामा महिलालाई बलात्कार गर्न पाउने !

काठमाडौं, फागुन २९ । दक्षिणी सूडानमा अत्यन्तै अमानवीय हर्कतहरु हुने गरेको खबर सार्वजनिक भएको छ । दक्षिण सूडानको सेनासँग आवद्ध लडाकूलाई तिनको तलबको सट्टामा महिलाको बलात्कार गर्न पाउने अनुमति दिइएको प्रतिवेदन संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको हो । दक्षिणी सूडानको यूनिटी नामक राज्यमा गत वर्ष १३ सय महिलाको बलात्कार गरिएको थियो । सेनाले आम मानिसको […]

२०७२ फाल्गुन २९ गते, शनिबार

अमेरिकाकी पूर्व प्रथम महिला रेगनको निधन

काठमाण्डौ ,२४ फागुन । अमेरिकामा पूर्व राष्ट्रपति रोनाल्ड रेगनकी श्रीमती नान्सी रेगनको निधन भएको छ । पूर्व अमेरिकी फस्ट लेडी (प्रथम महिला) नान्सी रेगनको क्यालिफोर्नियामा रहेको आफ्नै निवासमा निधन भएको हो । अमेरिकाकी पूर्व प्रथम महिला रेगनको ९४ वर्षको उमेरमा निधन भएको हो । पूर्व राष्ट्रपति रोनाल्ड रेगनको अभिनयदेखि राष्ट्रपतिसम्मको यात्रामा नान्सीले सल्लाहकार एंव संरक्षकको […]

२०७२ फाल्गुन २४ गते, सोमबार

विदशी सेना फिर्ता गर्न तालीवानको शर्त

काठमाडौं, २३ फागुन । अफगानिस्तानको बिद्रोही समूह तालीवानले शान्ति वार्तामा सामेल नहुने घोषणा गरेको छ । पाकिस्तानमा आगामी साता हुने वार्तामा सामेल हुनुअघि अफगानिस्तानमा रहेका विदेशी सेना फिर्ता हुनु पर्ने शर्त उसले राखेको हो । अफगानिस्तानमा जारी हिंसा अन्त्यको पहलस्वरुप आगामी साता पाकिस्तानमा अमेरिका, चीन, पाकिस्तान र अफगानिस्तानबीच शान्तिवार्ता हुने तय भएका बेला तालीवानले शर्त […]

२०७२ फाल्गुन २३ गते, आईतवार

यी हुन् विस्वका टपटेन अर्बपति

काठमाडौ, २१ फागुन । फोब्र्सले सार्वजनिक गरेको सूचीमा फेरिपनि बिल गेट्स विश्वकै पहिलो धनी बनेका छन् भने फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् । फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको […]

२०७२ फाल्गुन २१ गते, शुक्रबार

आइएस नयाँ पुस्ताका लडाकु तयार पार्दै

काठमाडौ, २१ फागुन । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले स–साना बालबालिकालाई सैन्य तालिम दिइरहेको भिडियो सार्वजनिक भएको छ । आइएसले नयाँ पुस्ताका लडाकु तयार पार्न भन्दै साना बालबालिकालाई त्यस्तो तालिम दिएको हो । करिब तीन मिनेटको सो भिडियोमा बालबालिकालाई सैन्य आधारभूत तालिममा सामेल गराइएको छ, जसमा शारीरिक व्यायाम लगायतका गतिविधि पर्दछन् । उक्त […]

२०७२ फाल्गुन २१ गते, शुक्रबार

उत्तर कोरियाद्वारा अर्को मिसाइल परीक्षण

काठमाडौ, २० फागुन । संयुक्त राष्ट्रसंघले आफूमाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेलगैत उत्तर कोरियालो मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार बिहान छोटो दूरीमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकले बुधबार राति उत्तर कोरियामाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । […]

२०७२ फाल्गुन २० गते, बिहीबार