उत्तर कोरियाद्वारा अर्को मिसाइल परीक्षण

२०७२ फाल्गुन २० गते, बिहीबार

काठमाडौ, २० फागुन । संयुक्त राष्ट्रसंघले आफूमाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेलगैत उत्तर कोरियालो मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार बिहान छोटो दूरीमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकले बुधबार राति उत्तर कोरियामाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । उत्तरले त्यसको जवाफ तत्काल मिसाइल परिक्षण गरेर दिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले बिहाबार बिहान समुद्रमा मिसाइल परीक्षण गरेको पुष्टी गरेको छ । राष्ट्रसंघले उत्तरमाथि लगाएको नयाँ प्रतिबन्धले कोरिया प्रायद्धिपमा तनाव झन बढ्ने विश्लेषण गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु