आइएस नयाँ पुस्ताका लडाकु तयार पार्दै

२०७२ फाल्गुन २१ गते, शुक्रबार

काठमाडौ, २१ फागुन । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले स–साना बालबालिकालाई सैन्य तालिम दिइरहेको भिडियो सार्वजनिक भएको छ । आइएसले नयाँ पुस्ताका लडाकु तयार पार्न भन्दै साना बालबालिकालाई त्यस्तो तालिम दिएको हो । करिब तीन मिनेटको सो भिडियोमा बालबालिकालाई सैन्य आधारभूत तालिममा सामेल गराइएको छ, जसमा शारीरिक व्यायाम लगायतका गतिविधि पर्दछन् ।
उक्त भिडियो सिरियामा छायांकन गरिएको बताइन्छ । भिडियोमा बालबालिकाहरु हतियार कै खेलौना खेलिरहेका समेत देखिन्छन् । उनीहरुलाई डाइनिङ टेबलमा राखेर फलफूल लगायत पोषिलो खानेकुरा दिइएको, शारीरिक व्यायाम गराइएको दृष्य भिडियोमा कैद छ । आइएसले आफ्नो यो भिडियोलाई आइएसप्रतिको आकर्षण बढाउने उद्देश्यले सार्वजनिक गरेको हो । – एजेन्सी

प्रतिक्रियाहरु