नेकपा गण्डकी प्रदेशको जनसन्बन्ध बिस्तार अभियान उद्घाटन तथा प्रशिक्षण सुरु

२०८१ बैशाख २५ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश समितिको पार्टी सुदृढीकरण , जनसम्बन्ध बिस्तार अभियान तथा राजनितिक बैचारिक प्रशिक्षक सुरु भएको छ।
मङ्गलबार पोखराको सहिदचोकस्थित एक सभाहलमा सुरु भएको अभियान उद्घाटन तथा प्रशिक्षक कार्यक्रम उद्घाटन कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीको अध्यक्षता तथा प्रमुख आतिथ्यता रहेको छ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश अन्तर्गतका ११ ओटा जिल्लाका जिल्ला इन्चार्ज,सेक्रेटरी, र जिम्मेवार जिल्ला सदस्यहरुको उत्साहजनक सहभागिता रहेको छ।
कार्यक्रममा स्थायी समिति सदस्य शिलु सी र पोलिट ब्युरो सदस्यहरुले प्रसिक्षाणात्मक मन्तब्री राख्ने कार्यक्रम रहेको नेकपाका केन्दृय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीके जानकारी दिएका छ्न ।
अहिले नेकपाको नवौं केन्द्रीय समितिको पाँचौ पुर्ण बैठकबाट पारित राजनितिक प्रस्ताव तथा परिपत्र वाचन भैरहेको छ यो बाचन सकिए लगतै प्रशिक्षाणत्मक मन्तब्य सरु हुनेछ।- शाहस भट्ट

प्रतिक्रियाहरु