विश्व महिला सम्मेलन सुरु हुँदै

२०७२ फाल्गुन ३० गते, आईतवार

काठमाडौ, ३० फागुन । ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने नारासहित आजदेखि काठमाडौंमा दोस्रो विश्व महिला सम्मेलन शुरु हुँदैछ ।सम्मेलनको आज दिउँसो १ बजे उद्घाटन गरिने भएको छ । त्यसअघि भृकुटीमण्डपबाट र्यालीसहित सम्मेलन स्थल प्रज्ञाभवनमा पुगिने भएको छ । सम्मेलनमा विश्वका झण्डै ५० देशका प्रतिनिधिहरुको सहभागिता रहने सम्मेलनको संयोजन गरिरहेको संयुक्त महिला संघले जनाएको छ ।
विभिन्न देशहरुमा मिल्दोजुल्दो महिला सवालका विभिन्न ९ वटा विषयमा छलफल गर्ने र त्यसबाट निस्किएको निष्कर्षलाई काठमाडौं घोषणापत्रको रुपमा जारी गरिने भएको छ । चैत ५ गते अर्थात ६ दिन चल्ने यो सम्मेलन नेपालमा भएको यो पहिलो पटक हो ।
यसअघि भेनेजुयलामा पहिलो सम्मेलन भएको थियो । सम्मेलनमा नेपालका करिब ३ सय र अन्य देशबाट समेत गरी ७ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने भएको छन् ।

प्रतिक्रियाहरु