बिश्व

परवेज अस्वस्थ , अस्पतालमा भर्ना

काठमाडौ, २ फागुन । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास प्रस्वासमा समस्या भएपछि उनलाई अस्पतालको सघन कक्षमा भर्ना गरिएको हो । पाकिस्तानको अलशिफा अस्पतालमा भर्ना गरिएका मुसर्रफको मुटुमा केही समस्या देखा परेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । गम्भीर राजद्रोहको मुद्दा खेपिरहेका मुसर्रफलाई विदेश जान प्रतिबन्ध […]

२०७२ फाल्गुन २ गते, आईतवार

रुसद्वारा तेस्रो विश्वयुद्धको चेतावनी

काठमाडौँ, १ फागुन । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले सिरिया मामलामा पश्चिमा मुलुकको रवैया परिवर्तन नभए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन् ।सिरियाको युद्धमा अरब देशका सैनिक आएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी मेदभेदेभले दिएका हुन् । उनले रुसले सिरियामा जारी युद्ध रोक्न प्रस्ताव गरेको तर अमेरिकाले अरब राष्ट्रका सैनिकको आडमा सिरियामा हस्तक्षेप गरे तेस्रो विश्वयुद्ध हुने […]

२०७२ फाल्गुन १ गते, शनिबार

कैदीहरुबीच झडप , ५२ जनाको मृत्यु

काठमाडाैं , २९ माघ । उत्तरी मेक्सिको एक जेलमा कैदीहरुबीचको झडपमा परि ५२ जनाको मृत्यु भएको छ । नीवो लेयोन प्रान्तका गभर्नर जेमी रोडरीगेजका अनुसार झडपमा अन्य १२ जना समेत घाइते भएका छन् । जेल बाहिर कैदिका आफन्तले प्रदर्शन गरेका छन् । उनीहरुले जेलमा रहेका आफ्ना मान्छे बारे जानकारीको माग गरिरहेका छन् । जेलको एक […]

२०७२ माघ २९ गते, शुक्रबार

बोलिभियाको विशाल ताल मरुभूमिमा परिणत

काठमाडौं, २८ माघ । बोलिभिया जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको छ जहाँ एउटा विशाल ताल मरुभूमिमा परिणत भएको छ । नासाद्वारा सार्वजनिक दुई तस्वीरलाई तुलना गर्ने हो भने तीन वर्षको अन्तरालमा जलवायु परिवर्तनको असरका कारण पोपो नाम गरेको उक्त तालमा देखिएको परिवर्तनलाई नजिकबाट नियाँल्न सकिन्छ । अमेरिकाको प्रख्यात सहर लस एन्जलसकै क्षेत्रफल बराबरको सो ताल […]

२०७२ माघ २८ गते, बिहीबार

रेल दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं, २७ माघ । जर्मनीमा दुईवटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । बाभारिया राज्यको बाड एब्लिङ नजिक भएको दुर्घटनामा अन्य ५४ जना घाइते भएका छन् । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा रहेका दुईवटा रेल आपसमा ठोक्किएको जर्मनीको यातायात मन्त्रालयले जनाएको छ । दुर्घटना भएलगत्तै उद्दारकर्मी घटनास्थलमा पुगेका थिए । […]

२०७२ माघ २७ गते, बुधबार

कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमायो : मोदी

काठमाडौं, २६ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको जनाए । ट्वीट गर्दै मोदीले लेखेका छन्, ‘सुशील कोइरालाका रुपमा नेपाली कांग्रेसले एक शीर्ष नेता गुमाएको छ, जसले दशकौं नेपालमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो […]

२०७२ माघ २६ गते, मंगलवार

बेलायतमा आँधीको खतरा

काठमाडौं,२५ माघ । बेलायतमा इमाजोन नामक आँधी आउन सक्ने भन्दै त्यहाँका सर्वसाधारणलाई चेतावनी दिइएको छ । बेलायती मौसमविद्हरुले तीब्र गतिमा हावा चल्नुका साथै भारी बर्षा हुनसक्ने अनुमान गर्दै सर्वसाधारणलाई सचेत तुल्याएका हुन् । आँधीबाट बेलायतको दक्षिण पश्चिमी शहरका साथै वेल्स शहर बढी प्रभावित हुने अनुमान गरिएको छ । आँधी आज दिउँसोसम्म रहने र विस्तारै कम […]

२०७२ माघ २५ गते, सोमबार

उत्तर कोरियाद्वारा रकेट परीक्षण

काठमाडौं, २४ माघ । राष्ट्रसंघीय प्रतिबन्ध र विश्वका विभिन्न मुलुकको चेतावनीलाई चुनौति दिँदै उत्तर कोरियाले आइतबार बिहानै लामो दूरीको मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाले यो मिसाइल परिक्षणलाई अर्थ अब्जरभेसन स्याटेलाइट लन्ज नाम दिएको छ। जापान र अमेरिकाले केही दिनअघि नै यसलाई मिसाइल परीक्षण बताएका थिए । वर्षको सुरुवातमै उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेर […]

२०७२ माघ २४ गते, आईतवार

ताइवानमा ६ .४ रेक्टरको भूकम्प

काठमाडौं, २२ माघ । दक्षिणी ताइवानमा ६ .४ रेक्टरको भूकम्प गएको छ । भूकम्पवाट १७ तले अावासीय भवन भत्किएको छ भने कम्तीमा तीन जनाको ज्यान गएको छ। ६ दशमलव ४ म्यागनिच्युडको उक्त भूकम्पको केन्द्रविन्दु ताइनान शहर नजिकै रहेको थियो । हालसम्म उक्त भवनबाट दुई सयभन्दा बढीको उद्धार गरिएको छ र खोजीकार्यमा जुटेका टोलीहरुले त्यहाँभित्र फसेका […]

२०७२ माघ २३ गते, शनिबार

स्पेनमा पनि जिका भाइरसको संक्रमण

काठमाडौं, २२ माघ । अफ्रिकी मुलुक हुँदै विभिन्न अमेरिकी देशमा फैलिएको जिका भाइरस युरोपमा पनि पहिलो पटक फेला परेको छ । युरोपेली मुलुक स्पेनकी एक गर्भवती महिलामा जिका भाइरसको संक्रमण भेटिएको पुष्टि भएको हो । स्पेनको स्वास्थ्य मन्त्रालयले केही दिनअघि कोलम्बियाबाट फर्किएकी गर्भवती महिलामा जिका भाइरसको संक्रमण फेला परेको जानकारी दिएको हो । अधिकारीहरुले संक्रमित […]

२०७२ माघ २२ गते, शुक्रबार