विदशी सेना फिर्ता गर्न तालीवानको शर्त

२०७२ फाल्गुन २३ गते, आईतवार

काठमाडौं, २३ फागुन । अफगानिस्तानको बिद्रोही समूह तालीवानले शान्ति वार्तामा सामेल नहुने घोषणा गरेको छ । पाकिस्तानमा आगामी साता हुने वार्तामा सामेल हुनुअघि अफगानिस्तानमा रहेका विदेशी सेना फिर्ता हुनु पर्ने शर्त उसले राखेको हो ।
अफगानिस्तानमा जारी हिंसा अन्त्यको पहलस्वरुप आगामी साता पाकिस्तानमा अमेरिका, चीन, पाकिस्तान र अफगानिस्तानबीच शान्तिवार्ता हुने तय भएका बेला तालीवानले शर्त तेर्साएको हो ।
यसले ती राष्ट्र अप्ठेरोमा परेका छन् । यस अघि यी चार राष्ट्रका प्रतिनिधिले तालीवानसँग यही महिनाको अन्त्यसम्म शान्तिवार्ता गर्ने भन्दै त्यसको रुपरेखा तयार पारेका थिए ।
हाल अफगानिस्तानमा अमेरिकी सेना तैनाथ छ भने अफगानी सेनाले अमेरिकी सेनाको मद्दतमा तालीवानको सामना गर्दै आएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु