बिश्व

रक्षा मन्त्रालय परिसरमा विस्फोट, २४ जनाको मृत्य

काठमाडौं, २१ भदौ । अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालय परिसरमा गराइएका शृङ्खलाबद्ध बिस्फोटमा २४ जना माारिएका छन् । विस्फोटमा परेर ९० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा केही केही सेना र सुरक्षाकर्मी पनि रहेका छन् । राजधानी काबुलमा दुई वटा बिस्फोट भए लगत्तै उत्तर पश्चिम शहरमा तेस्रो बिस्फोट भएको र एक गेष्ट हाउसमा बन्दुकधारीहरुले आक्रमण […]

२०७३ भाद्र २१ गते, मंगलवार

एलेप्पो शहर फेरि सेनाको नियन्त्रणमा

काठमाडौं, २० भदौ । सिरियाको ऐतिहासिक शहर एलेप्पोका केही क्षेत्र सरकारी सेनाले फेरि आफ्नो नियन्त्रणमा लिएको छ । गत महिना विद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण कायम गरेको हो । विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी जिल्लामा सेनाले घेराबन्दी गरेको पर्यवेक्षकले बताएका छन् । सरकारी सेनाले विद्रोहीका दुई अखडा नियन्त्रणमा लिएका छन् । यस्तै […]

२०७३ भाद्र २० गते, सोमबार

‘जी–२०’ सम्मेलन सुरु

काठमाडौँ , १९ भदौ । चीनमा विकसित र विकाशशील मुलुकहरुको साझा संस्था ‘जी–२०’ को सम्मेलन शुरु भएको छ । चीनको हाङझोउमा आयोजित सम्मेलनमा विश्वभर भइरहेको कार्बन उत्सर्जन, आतंकवाद, परमाणु आपूर्तिकर्ता समूह (एनएसजी)जस्ता मुद्दामा छलफल हुनेछ । दक्षिण चीन सागरमा देखिएको विवादमा पनि छलफल हुनसक्ने जनाइएको छ । सम्मेलनमा जी ट्वेन्टी मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको […]

२०७३ भाद्र १९ गते, आईतवार

यौनकाण्डको आरोपमा पूर्वमन्त्री पक्राउ

काठमाडौं, १९ भदौ । भारतको राजधानी दिल्लीस्थित आम आदमी पार्टी सरकारबाट बर्खास्त गरिएका पूर्व मन्त्री सन्दिप कुमारलार्य प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाहिरी दिल्लीका डीसीपी विक्रमजीत सिंहका अनुसार सन्दिप कुमारविरुद्ध संकलन गरिएको प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार सन्दिपकुमार विरुद्ध एक […]

२०७३ भाद्र १९ गते, आईतवार

युद्ध अपराधको अभियोगमा नेतालाई फाँसी

काठमाडौं, १९ भदौ । बंगलादेशमा उद्योगपति तथा एक शक्तिशाली नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ । बंगलादेशको इस्लामी पार्टी जमात ए इस्लामीका नेता मीर कासिम अललाई फाँसी दिइएको हो । मीरलाई ४५ बर्षअघि बंगलादेश स्वतन्त्रताका लागि भएको आन्दोलन दबाउन संलग्न भएको भन्दै बंगलादेशको अदालतले दोषी ठहर गरेको थियो । उनकै नेतृत्वमा पाकिस्तान समर्थित सेनाले […]

२०७३ भाद्र १९ गते, आईतवार

डावाओमा बम आक्रमणमा १२ जना मारिए

काठमाडौं, १८ भदौ । फिलिपिन्सको दक्षिणी शहर डावाओमा गराइएको बम आक्रमणमा कम्तिमा १२ जना मारिएका छन् । राष्ट्रपति रोड्रिगो डुटरेटको गृहनगर डावाओको व्यस्त बजारमा बम विस्फोट गराइएको हो । रातको बेला गराइएको विस्फोटमा परी ३० जना भन्दा धेरै घाइते भएको सरकारी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । विस्फोटको कारण पत्ता लागेको छैन […]

२०७३ भाद्र १८ गते, शनिबार

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

काठमाडौँ, १७ भदौ । न्यूजिल्यान्डमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । गिस्बोर्नको उत्तरपूर्व १६९ किलोमिटर दुरीमा केन्द्रबिन्दु बनाएर शुक्रबार बिहानै भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, सुनामी चेतावनी केन्द्रले भने समुद्रमा २१ सेन्टिमिटर उचाइमा मात्रै छाल आएको पाइएकाले खतरा नरहेको जनाएको छ । भूकम्पपछि […]

२०७३ भाद्र १७ गते, शुक्रबार

भियतनाममा भिषण आँधी

काठमाडौँं, १६ भदौ । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपको परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ । सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० हुनुका साथै अन्य २२३ व्यक्ति घाइते भएका देशको कृषि र ग्रामिण विकाश विभागले बिहीबार जानकारी दिएको छ । जारी यस प्रकोपबाट […]

२०७३ भाद्र १६ गते, बिहीबार

राष्ट्रपति रुसेफ पद मुक्त

काठमाडौँ, १६ भदौ । ब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ । संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो । सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए । सिनेटका ८१ मध्ये ६१ जना सिनेटरहरुले महाभियोगका पक्षमा मतदान गरेका […]

२०७३ भाद्र १६ गते, बिहीबार

सर्वोच्च नेताको अनादर गरेको आरोपमा मृत्युदण्ड !

काठमाडौँ, १५ भदौ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको अनादर गरेको आरोपमा वरिष्ठ शिक्षा अधिकारी किम योङ्ग जिनलाई उत्तर कोरियाले मृत्युदण्ड दिएको दक्षिण कोरियाली संचारमाध्यमले जनाएका छन् । उत्तर कोरियाली संचारमाध्यमले भने यसबारे उल्लेख गरेका छैनन् । दक्षिण कोरियाली संचारमाध्यमले गोप्य स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाली शिक्षा अधिकारीको मृत्युदण्डबारे समाचार प्रकाशमा ल्याएका हुन् […]

२०७३ भाद्र १५ गते, बुधबार