न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

२०७३ भाद्र १७ गते, शुक्रबार

काठमाडौँ, १७ भदौ । न्यूजिल्यान्डमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । गिस्बोर्नको उत्तरपूर्व १६९ किलोमिटर दुरीमा केन्द्रबिन्दु बनाएर शुक्रबार बिहानै भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, सुनामी चेतावनी केन्द्रले भने समुद्रमा २१ सेन्टिमिटर उचाइमा मात्रै छाल आएको पाइएकाले खतरा नरहेको जनाएको छ । भूकम्पपछि उत्तरी आइल्यान्डको पूर्वी तटका मानिसलाई सुरक्षित ठाउँमा राखिएको छ । भूकम्पपछिको क्षतिको विवरण आइसकेको छैन ।
सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा १८५ जनाको मृत्यु भएको थियो । न्यूजिल्यान्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झन्डै १५० वटा शक्तिशाली हुने गरेको अधिकारीहरुले जनाएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु