राष्ट्रपति रुसेफ पद मुक्त

२०७३ भाद्र १६ गते, बिहीबार

काठमाडौँ, १६ भदौ । ब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ । संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो । सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए ।
सिनेटका ८१ मध्ये ६१ जना सिनेटरहरुले महाभियोगका पक्षमा मतदान गरेका थिए । रुसेफमाथि गैर कानुनी रुपमा बजेट हिनामिना गरेको आरोप लगाइएको थियो । तर रुसेफले देशका सम्भ्रान्त राजनीतिक वर्गलाई चुनौती दिएको हुनाले उहाँमाथि अभियोग लगाइको उनका वकीलले बताएका छन् । रुसेफले सन् २०१४ मा चुनाव जित्ने बित्तिकै महाभियोगको प्रक्रिया थालिएको उनको दावी छ ।

प्रतिक्रियाहरु