बिश्व

राष्ट्रपति रुसेफ पद मुक्त

काठमाडौँ, १६ भदौ । ब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ । संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो । सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए । सिनेटका ८१ मध्ये ६१ जना सिनेटरहरुले महाभियोगका पक्षमा मतदान गरेका […]

२०७३ भाद्र १६ गते, बिहीबार

सर्वोच्च नेताको अनादर गरेको आरोपमा मृत्युदण्ड !

काठमाडौँ, १५ भदौ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको अनादर गरेको आरोपमा वरिष्ठ शिक्षा अधिकारी किम योङ्ग जिनलाई उत्तर कोरियाले मृत्युदण्ड दिएको दक्षिण कोरियाली संचारमाध्यमले जनाएका छन् । उत्तर कोरियाली संचारमाध्यमले भने यसबारे उल्लेख गरेका छैनन् । दक्षिण कोरियाली संचारमाध्यमले गोप्य स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाली शिक्षा अधिकारीको मृत्युदण्डबारे समाचार प्रकाशमा ल्याएका हुन् […]

२०७३ भाद्र १५ गते, बुधबार

आइएसका प्रवक्ता मारिए

काठमाडौ, १५ भदौ । चरमपन्थी विद्रोही संगठन इस्लामिक स्टेट आइएसका प्रवक्ता अबु मुहम्मद अल अदनानी मारिएका छन् । सिरियाको एलेप्पो शहरमा भएको सैन्य कारबाहीमा उनी मारिएको आइएसको खबर दिने समाचार संस्था अमाकले जनाएको छ । लामो समयदेखि आइएसमा काम गरेका उनी यूरोप तथा पश्चिमा देशविरुद्ध लड्नका लागि प्रशिक्षण दिने गर्दथे । सन् २००३ मा इराकमाथि […]

२०७३ भाद्र १५ गते, बुधबार

हजारौ आप्रवासीको उद्धार

काठमाडौँ, १४ भदौ । लिबियाको समुद्री तटबाट साढे ६ हजार आप्रवासीको उद्धार गरिएको छ । उद्धार गरिएका आप्रवासीमा इरिट्रिया र सोमालियासहित देशका नागरिक छन् । ४० वटा उद्धार अभियानअन्तर्गत असुरक्षित रुपमा समुद्री यात्रा तय गरेर युरोप प्रवेश गर्न चाहने आप्रवासीहरुको उद्धार गरिएको हो । लिबियाको साब्राथा शहरको २० किलोमिटरको क्षेत्रमा उद्धार अभियान चलाइँदै आएको छ […]

२०७३ भाद्र १४ गते, मंगलवार

अमेरिकाद्वारा सिरियामा संघर्ष रोक्न अपिल

काठमाडौं, १४ भदौ । अमेरिकाले सिरियामा टर्र्कीस सेना र कुर्द समूहका बिद्रोहीबीच चलेको संघर्ष रोक्न अपील गरेको छ । अमेरिकाले दुई समूहबीच चलिरहेको संघर्ष आफूहरुलाई स्वीकार्य नभएको भन्दै रोक्न दुबै पक्षलाई अपील गरेको हो । इस्लामिक संगठन आईएसको कुनै पकड नभएको क्षेत्रमा चर्केको संघर्षको मारमा सर्वसाधारण परेको भन्दै अमेरिकाले तत्काल संघर्ष रोक्न भनेको हो । […]

२०७३ भाद्र १४ गते, मंगलवार

दर्जन टेलिभिजन च्यानललाई एकसाथ जरिवाना

काठमाडौँ, १२ भदौ । पाकिस्तानका विभिन्न १३ टेलिभिजन च्यानललाई एउटै मुद्दामा एकसाथ जरिवानाको फैसला भएको छ । समाचार एजेन्सीहरुका अनुसार पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) पार्टीका नेता तथा पूर्व क्रिकेटर इमरान खानको तेस्रो विवाह भएको दाबीसहित समाचार प्रशारण गरेबापत ती टेलिभिजन च्यानललाई दण्डित गरिएको हो । पाकिस्तानको इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले शनिबार यस्तो फैसला गरेको […]

२०७३ भाद्र १२ गते, आईतवार

आप्रवासी नियन्त्रणका लागि ट्रयाकिङ सिस्टम विकास गर्छु : डोनाल्ड ट्रम्प

काठमाडौं, १२ भदौ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रणका लागि आफूले ट्रयाकिङ सिस्टम विकास गर्ने बताएका छन् । आयोवा राज्यमा चुनावी अभियानलाई सम्बोधन गर्दै ट्रम्पले मुलुक भित्रिने र बाहिरिनेको राम्रो रेकर्ड राखिने भन्दै यसबाट भिसाको म्याद सकिएर पनि बस्नेहरुलाई पत्ता लगाउन सकिने बताए । दक्षिण मेक्सिकोमा पर्खाल ठड्याइने पनि उनले […]

२०७३ भाद्र १२ गते, आईतवार

बल्झियो बुर्किनी विवाद

काठमाडौ , ११ भदौ । फ्रान्सको उच्च अदालतले एउटा तटीय सहरमा मुस्लिम महिलाहरुको पुरै शरीर ढाक्ने स्वीमशूट अर्थात बुर्किनी लगाउन लगाएको रोक खारेज गरेको छ। अदालतले भीलनभ लुबे सहरमा बुर्किनीमाथि लगाएको रोक हटाउन आदेश दिएको हो । अदालतले भनेको छ–भिलनभ लुबेमा बुर्किनीमाथि लगाइएको रोक व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र बिना रोकटोक घुमफिरको अधिकारको गम्भीर र […]

२०७३ भाद्र ११ गते, शनिबार

भूकम्पमा मृत्यु भएकाहरुको सम्झनामा राष्ट्रिय शोक

काठमाडौ , ११ भदौ । भूकम्पमा मृत्यु भएकाहरुको सम्झनामा इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । इटाली सरकारले भूकम्पमा मृत्यु भएकाको सम्झनामा आज एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यस राष्ट्रिय झण्डा आधा झुकाइने छ । बुधबार बिहान गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि मृत्यु हुनेको संख्या दुई सय […]

२०७३ भाद्र ११ गते, शनिबार

टर्कीमा ८ प्रहरी अधिकारीको हत्या

काठमाडौ, १० भदौ । टर्कीमा ८ जना प्रहरी अधिकारीको हत्या भएको छ । यहाँको विद्रोही संगठन ‘पिकेके’ले गरेको हमलामा उनीहरुको हत्या भएको हो । देशको दक्षिणी भागमा रहेको एक प्रहरी कार्यालयको द्वारमा पिकेकेका लडाकूले कारबम हमला गरेका थिए । सो विस्फोटमा परी अरु पनि कम्तीमा ४५ जना नागरिक नराम्ररी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल […]

२०७३ भाद्र १० गते, शुक्रबार