एलेप्पो शहर फेरि सेनाको नियन्त्रणमा

२०७३ भाद्र २० गते, सोमबार

काठमाडौं, २० भदौ । सिरियाको ऐतिहासिक शहर एलेप्पोका केही क्षेत्र सरकारी सेनाले फेरि आफ्नो नियन्त्रणमा लिएको छ । गत महिना विद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण कायम गरेको हो । विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी जिल्लामा सेनाले घेराबन्दी गरेको पर्यवेक्षकले बताएका छन् ।
सरकारी सेनाले विद्रोहीका दुई अखडा नियन्त्रणमा लिएका छन् । यस्तै विद्रोहीले आवश्यक सामग्री ल्याउने लाइन पनि सरकारी सेनाले काटिदिएको छ ।
सरकारी सेनालाई सिरियाली तथा रुसी लडाकु विमानले साथ दिएका छन् । एलेप्पोको विद्रोही नियन्त्रित क्षेत्रमा झण्डै साढे दुई लाख मानिसको बसोबास छ । – एजेन्सी

प्रतिक्रियाहरु