युद्ध अपराधको अभियोगमा नेतालाई फाँसी

२०७३ भाद्र १९ गते, आईतवार

काठमाडौं, १९ भदौ । बंगलादेशमा उद्योगपति तथा एक शक्तिशाली नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ ।
बंगलादेशको इस्लामी पार्टी जमात ए इस्लामीका नेता मीर कासिम अललाई फाँसी दिइएको हो । मीरलाई ४५ बर्षअघि बंगलादेश स्वतन्त्रताका लागि भएको आन्दोलन दबाउन संलग्न भएको भन्दै बंगलादेशको अदालतले दोषी ठहर गरेको थियो । उनकै नेतृत्वमा पाकिस्तान समर्थित सेनाले चितगाउँमा सर्वसाधारणको सामुहिक हत्या गरेको थियो । पूर्वी पाकिस्तान सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो । युद्ध अपराधमा फाँसी पाउने मीर छैठौं नेता हुन् । – एजेन्सी

प्रतिक्रियाहरु