भियतनाममा भिषण आँधी

२०७३ भाद्र १६ गते, बिहीबार

काठमाडौँं, १६ भदौ । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपको परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ । सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० हुनुका साथै अन्य २२३ व्यक्ति घाइते भएका देशको कृषि र ग्रामिण विकाश विभागले बिहीबार जानकारी दिएको छ ।
जारी यस प्रकोपबाट १६ सय घर ध्वस्त भएको छ । त्यसगरी ८१ हजार ८०० घरहरु क्षतिग्रस्त भएका छन् । दुई लाख ३०० हेक्टर जमिनको धान वाली नष्ट भएको बताइएको छ भने, ४९ हजार ७०० हेक्टर जमिनको अन्य वालीनाली नष्ट भएको छ ।
यसैबीच सो प्रकोपको कारण ३६ हजार गाई भैँसीको मृत्यु भएको छ । एक लाख ९८ हजार कुखुरालगायतका पशुपक्षीको मृत्यु भएको छ ।
सन् २०१६ को पहिलो आठ महिनमा यस प्रकोपबाट दुई लाख ४३ हजार पाँच सय घरपरिवार प्रभावित भएका छन् । – रासस/सिन्ह्वा

प्रतिक्रियाहरु