डावाओमा बम आक्रमणमा १२ जना मारिए

२०७३ भाद्र १८ गते, शनिबार

काठमाडौं, १८ भदौ । फिलिपिन्सको दक्षिणी शहर डावाओमा गराइएको बम आक्रमणमा कम्तिमा १२ जना मारिएका छन् । राष्ट्रपति रोड्रिगो डुटरेटको गृहनगर डावाओको व्यस्त बजारमा बम विस्फोट गराइएको हो । रातको बेला गराइएको विस्फोटमा परी ३० जना भन्दा धेरै घाइते भएको सरकारी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
विस्फोटको कारण पत्ता लागेको छैन भने अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । राष्ट्रपति रोड्रिगो गृहनगर डावाओको भ्रमणमा रहेका बेला विस्फोट गराइएको हो । राष्ट्रपति रोड्रिगोलाई भने केही भएको छैन । यस वर्षको सुरुमा रोड्रिगो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । त्यसअघि उनी २० वर्षसम्म डावाओको मेयर रहेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु