सर्वोच्च नेताको अनादर गरेको आरोपमा मृत्युदण्ड !

२०७३ भाद्र १५ गते, बुधबार

काठमाडौँ, १५ भदौ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको अनादर गरेको आरोपमा वरिष्ठ शिक्षा अधिकारी किम योङ्ग जिनलाई उत्तर कोरियाले मृत्युदण्ड दिएको दक्षिण कोरियाली संचारमाध्यमले जनाएका छन् । उत्तर कोरियाली संचारमाध्यमले भने यसबारे उल्लेख गरेका छैनन् । दक्षिण कोरियाली संचारमाध्यमले गोप्य स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाली शिक्षा अधिकारीको मृत्युदण्डबारे समाचार प्रकाशमा ल्याएका हुन् ।
विमान खसाल्न प्रयोग हुने हतियार ‘एन्टी एअरक्राफ्ट गन’ प्रयोग गरेर ती अधिकारीलाई सार्वजनिक स्थलमै मृत्युदण्ड दिइएको बताइन्छ । सर्वोच्च नेता किम जोङ्ग उनको नीतिविरुद्ध उनी खतरा बनेको भन्दै मृत्युदण्ड दिइएको बताइए पनि विस्तृत विवरण खुलाइएको छैन ।
त्यस्तै पूर्व कृषिमन्त्री ह्वाङ्ग मिनलाई पनि मृत्युदण्ड दिइएको छ । एउटा बैठकमा पूर्व मन्त्री मिन निदाएको र केही निर्देश लागू गराउन नसकेको भन्दै उत्तर कोरियाले उनलाई मृत्युदण्ड दिएको हो । उक्त मिटिङ्ग उत्तरकोरियाली सर्वोच्च नेता किम जोङ्ग उनको उपस्थितिमा भएको बताइएको छ । मिन निदाएर सर्वोच्च नेताको अनादर गरेको आरोप लगाइएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु