वीरगञ्जमा खाना महोत्सव सुरु

२०७० पुष २५ गते, बिहीबार

वीरगञ्ज,२५ पुस। तराई क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायको संस्कृति र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सांस्कृतिक खाना महोत्सव सुरु भएको छ ।उक्त महोत्सव चार दिनसम्म सञ्चालन हुने छ ।विसिएन इभेन्ट म्यानेजमेन्टद्वारा वीरगन्जको आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा आयोजित उक्त महोत्सवमा भोजपुरी, मैथली, नेवारी र थारु समुदायका सांस्कृतिक झाँकीसहित विभिन्न प्रकारका खाना बिक्रीका लागि राखिने आयोजकले जनाएको छ ।वीरगन्जमा बुधबारदेखि सुरु भएको पहिलो महोत्सवमा विभिन्न परिकारका खानाका लागि २५ वटा कक्ष राखिएको छ भने मेला अवधिभर सर्वसाधारण र व्यापारी गरी करिब ४० हजारले अवलोकन गर्ने आयोजकको विश्वास छ । उक्त महोत्सवमा झन्डै ८० लाख भन्दा बढीको कारोबार हुने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु