पोखरा महोत्सव भोलिदेखि

२०७० पुष २९ गते, सोमबार


काठमाडौं, २९पौष ।युनाइटेड क्लब पोखराले गर्न लागेको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस ३० देखि माघ ८ गतेसम्म महोत्सव गरिन लागेको हो । महोत्सवका लागि नौ सय ७५ वटा स्टल बुकिङ भइसकेको बताइएको छ ।महोत्सव अवधिभर दर्शकको मनोरञ्जनका लागि अग्लो चरा ‘अस्ट्रिज’ पनि प्रदर्शनीमा राखिनेछ । महोत्सव डेढ लाख दर्शकले अवलोकन गर्ने र रु ६३ लाख ६३ हजार आम्दानी र ४७ लाख २६ हजार खर्च भई रु १६ लाख २७ हजार बचत हुने लक्ष्य राखिएको छ ।आयोजक क्लबका अध्यक्ष हिमालय पोखरेलका अनुसार महोत्सवबाट प्राप्त हुने आम्दानीबाट पोखरामा चिडियाखाना निर्माण, अमरसिंह नमुना उच्चमाध्यमिक विद्यालय र कालिका उमाविमा छात्रवृत्ति स्थापना गर्न र बृहत् आयुर्वेद शिविर सञ्चालन गरिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु