सुदूरपश्चिम महोत्सव सुरु

२०७० पुष २६ गते, शुक्रबार


कञ्चनपुर, २६ पौष । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम औद्योगिक व्यापार मेला सुरु भएको छ । नेपाल उद्योग परिसंघको कञ्चनपुर कैलाली च्याप्टरले पहिलो पटक मेलाको आयोजना गरेको हो । सुदूरपश्चिमको पर्यटकीय तथा औद्योगिक क्षेत्रको विकास र स्वदेशी उद्योगको बजार प्रर्वद्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ ।
१० दिनसम्म चल्ने मेलामा १ लाख ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने जनाइएको छ । हस्तकलाका सामग्री, कृषि उत्पादन, वैकल्पिक उर्जा, विश्वकै ठूलो चरा अष्ट्रिच लगायतको प्रदर्शनीमा राखिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु