पर्यटक तान्न पशुपतिमा संगीत सन्ध्या गरिने

२०७० पुष २७ गते, शनिबार


काठमाडौं,२७ पुस । पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई आकर्षित गर्न रुद्रगाडेस्वरमा प्रत्येक महिनाको १५ तारिखका दिन संगीत सन्ध्या आयोजना गर्ने भएको छ ।9कोषका सदस्यसचिव गोविन्द टन्डनले बेलुका ५ देखि ७ बजेसम्म सो कार्यक्रम सञ्चालन हुने जानकारी दिए । सो संगीत सन्ध्यामा सहभागी हुन प्रत्येक पर्यटकले एक हजार रुपैयाँको टिकट किन्नुपर्ने छ ।यस अतिरिक्त आगामी आर्थिक वर्षदेखि पशुपति क्षेत्रमा पशुपतिसम्बन्धी संग्रहालयको निर्माण सुरु गरिने भएको छ । कोषले ट्राभल एजेन्सी, होटलहरूले स्वदेशी तथा विदेशी पाहुना एवम् पर्यटकलाई संगीत सन्ध्यामा सहभागी गराउन प्रोत्साहन गराउने विश्वास पनि व्यक्त गरेको छ ।
नेपाल पर्यटन बोर्डका पर्यटन प्रबन्ध निर्देशक मणिराज लामिछानेले गणेश बन्दना, शिवतान्दव नृत्य, भजन, सितार, तबला र बासुरी बादनजस्ता परम्परागत नेपाली पहिचान बोकेको प्रस्तुतिले भक्तजनलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु