सुदुरपश्चिम व्यापार मेला पुस २६ देखि

२०७० पुष १६ गते, मंगलवार


काठमाडौँ । सुदुरपश्चिमको महेन्द्रनगरमा हुने सुदुरपश्चिम व्यापार मेला आगामी २६ गते देखि हुने भएको छ । आन्तरिक उत्पादनलाई प्रवद्धन गर्न र बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको नेपाल उद्योग परिसंघ कञ्चनपुर-कैलाली च्याप्टरले जनाएको छ । मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक लोकविक्रम थापाले मेलामा १ सय ५० स्टल रहने र १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्न अनुमान गरिएको जानकारी दिए । उनका अनुसार १० दिनसम्म चल्ने मेलामा १० करोड रूपैयाँको कारोबार हुने अनुमान छ । मेलामा स्वदेशी मात्र नभई भारतीय तथा बंगलादेशी अवलोकनकर्तासमेत आकषिर्त गर्ने योजना आयोजकको छ । ‘यसले नेपाली उत्पादनलाई छिमेकी मुलुकमा बजार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास हामीले गरेका छौ,’ थापाले भने । सुदुर पश्चिममा विकासको प्रचुर सम्भावना रहेकाले यस्ता मेलाले विकासका सम्भावनाको पहिचानमा टेवा पुग्ने विश्व परिसंघको छ । ‘मेलाको मुख्य उद्देश्य नेपाली उत्पादनको बारेमा जानकारी गराउनु र सुदुरपश्चिममा लगानीको सम्भावनाबारे छलफल गर्नु रहेको छ,’ परिसंघका उपाध्यक्ष एवं प्रवक्ता मनोज केडीयाले भने, ‘यो मेलाले स्वदेशी उत्पादनको व्यापार विस्तारमा सहयोग मिल्ने विश्वास हामीले लिएका छौँ ।’ उनले महोत्सवको अपसर पारेरे सुदुरपश्चिममा लगानीको सम्भावना बारे अन्तक्रियासमेत गर्ने बताए । केडियाले भने ‘नेपाल एकीकृत व्यापार रणनीति २०१०’ मा रहेका १९ वटै वस्तुको व्यापार प्रवर्द्धन गर्न महोत्सव फलदायी हुनेछ ।’ महोत्सवमा स्थानीय उत्पादनमध्येका मुख्य २ वस्तु हाते कागज र ऊनीका सामानको छुट्टै स्टल राखिने छ ।
यसैगरी, ऊर्जालाई र्सवसुलभ, दिगो र प्रभावकारी बनाउने लक्ष्यका साथ काठमाडौँमा नेपाः इनर्जी एन्ड पावर इलेक्ट्रो एक्स्पो- २०१४ हुने भएको छ । ऊर्जा देशको सम्पति भन्ने नाराका साथ आयोजना हुने एक्स्पो आगामी माघ १६ देखि १९ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ । एक्स्पोले ऊर्जा विकासमा सबैको पहँुच पुर्याउने अपेक्षा गरिएको नेपा कन्सट्रक्ट एक्जिबिसन्स प्रालिले जनाएको छ । दिनहु“ बढ्दै गएको लोडसेडिङ सम्बोधन गर्न ऊर्जा प्रविधि र ऊर्जा उत्पादन गर्ने स्रोत सबै निकाय वा उत्पादकमा पुर्याउन एक्स्पोल सहयोग गर्न आयोजकको विश्वास छ । जलविद्युत्मा र्सवसाधारण जनता निजी क्षेत्र र वित्तीय संस्थाहरूको प्रत्यक्ष सहभागिता र लगानिमैत्री वातावरण सिर्जना गर्नपनि एक्स्पो उपलब्धीमूलक हुने दाबी गरिएको छ । ऊर्जा सम्बन्धि नीतिगत अपूणता पूण गर्ने कार्यमा दबाब दिन एक्स्पोले एउटा खाका तयार पार्ने बताइएको छ । प्रदशनमा जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा, जेनेरेटर, यूपीएस, व्याटि्र, व्याकअप पावर सिस्टम, लाइटीङलगायत सामानका ७४ वटा स्टलहरू रहने जानकारी गराइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु