लुम्बिनीमा सडक खाना महोत्सव गरिदै

२०७० पुष १६ गते, मंगलवार


भैरहवा,१६ पुस। ‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔं’ भन्ने मूल नाराकासाथ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो सडक खाना महोत्सव आजबाट सुरु हुँदैछ ।अग्रेजी नयाँ वर्ष तथा क्रिमशसको अवसरमा डिसेम्वर ३१ र जनवरी १ का दिन सडक खाना महोत्सव लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसन र सिद्धार्थ होटल एशोसियसन (साटा)ले गरेका हुन् । गत वर्षबाट लुम्बिनी सडक खाना महोत्सव गर्न थालिएको हो ।महोत्सवमा यो वर्ष स्टलको संख्यासमेत बढाइएको लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसनका अध्यक्ष तथा महोत्सवका संयोजक मिथुन श्रेष्ठले बताए । यसपटकको महोत्सवमा ५० देखि ६० वटा विभिन्न खानाका स्टलहरु राखिनेछ । मेलाको प्रर्वद्धकको रुपमा सिद्धार्थनगर उद्योग वाणिज्य संघ रहेको छ । आन्तरिक तथा बाहृय पर्यटकको प्रर्वद्धन तथा आगामन बढाउन आवासमा २ दिन ४० प्रतिशत र खानामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सिद्धार्थ होटल एशोसियसनका सचिव लिलामणी पौडेलले बताए ।
महोत्सवमा शुद्ध नेपाली खानाका परिकारका साथै एसिया, युरोप र अमेरिकासहितका देशका विभिन्न जातजातिका खानाका परिकारको मज्जा लिनसकिने आयोजकले जनाएका छन् । महोत्सवले लुम्बिनीको प्रचार गर्नुका साथै आन्तरिक तथा बाहृय पर्यटकको प्रर्वद्धनमा समेत टेवा पुग्ने महोत्सवका प्रर्वद्धक सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्मा बताउछन् ।
यसका अलवा सडक महोत्सवमा आधुनिक नेपाली, परम्परागत नेपाली र थारुसहितका विभिन्न जाति तथा जनजातिहरुका विशेष सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु