बन्दीपुर महोत्सव चैत्र २९ देखि

२०७० चैत्र १७ गते, सोमबार


काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पाँच दिनमा ७५ हजार पर्यटक भित्र्याइने भएको छ । ७५ हजार पर्यटक भित्र्याउने उद्देश्यका साथ बन्दिपुर महोत्सव आयोजना हुनेभएको हो । यही चैत्र २९ देखि बैशाख ३ गतेसम्म चल्ने पाँचौं बन्दीपुर महोत्सव तथा राष्ट्रिय साहित्य सम्मेलनका क्रममा त्यतिका संख्यामा पर्यटक भित्र्याउने लक्ष्य लिइएको हो । मंगलबार बन्दीपुरमा पत्रकार सम्मेलन गर्दै महोत्सवकी मुल संयोजक सुधा पिया श्रेष्ठले बन्दीपुरलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको बताए । कला, संस्कृति र पर्यटकीय सम्पदाका कारण समेत बन्दीपुर धनी रहेको उल्लेख गर्दै श्रेष्ठले महोत्सवमार्फ् ती सम्पदाको थप प्रचार प्रसार गरिने जानकारी दिए । महोत्सवका अवसरमा सञ्चालित राष्ट्रिय साहित्य सम्मेलनका क्रममा देशभरका साहित्यकारहरुलाई जम्मा गराउने लक्ष्य समेत लिइएको छ । साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने साहित्यकारहरुलाई बन्दिपुर ल्याउँदा साहित्यिक पर्यटक समेत आकषिर्त हुने महोत्सवका सहसंयोजक भिष्म श्रेष्ठले विश्वास व्यक्त गरे ।
महोत्सवका सह-संयोजक एवं बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले अन्य महोत्सवको तुलनामा बन्दीपुर महोत्सवलाई फरक बनाउने प्रयास गरिएको जानकारी दिए । महोत्सवस्थल टुँडिखेलका अलावा बन्दीपुर बजार र आसपासमा सांस्कृतिक कार्यक्रम गरेर पर्यटकलाई मनोरञ्जन प्रदान गरिने उनले बताए । महोत्सवका अवसरमा बन्दीपुर बजार तथा आसपासका सांस्कृतिक क्षेत्र रामकोटमा प्रचलित गाईजात्रा, लाखे नाच, पाउँदुरे आदि प्रदर्शन गरिने कार्यक्रम छ । दर्शहरुलाई बजारका होटलमा बसोबासका साथै स्थानीय होम स्टेमा बसोबासको प्याकेज समेत तयार पारिएको छ । रमाईलो मेला, सांस्कृतिक कार्यक्रम र पर्यटकीय दृश्यावलोकन, प्याराग्लाईडिङ,-र्याफ्टिङ र रक क्लाईम्बिङमार्फ् बन्दीपुरको प्रचार गरी दीगो पर्यटन विकासमा योगदान दिने प्रयास गरिने महोत्सवका सञ्चार संयोजक रविन गुरुङले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु