लालीगुराँस महोत्वस हुँदै

२०७० चैत्र २४ गते, सोमबार


काठमाडौँ । बागलुङ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थल घुम्टेको लेकमा यही चैत ३० र वैशाख १ गते लालीगुराँस महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धनसँगै राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । यसअघि चैत २१ र २२ गते गर्ने भनिएको महोत्सवलाई एक साता पछि सारिएको थियो । केन्द्रले यो वर्षघुम्टे अध्ययन भ्रमण वर्षो रुपमा मनाइरहेको छ । भ्रमण वर्षै अवसर पारेर गुराँस महोत्सव गर्न लागिएको हो । यस वर्षो अन्तिम सूयास्त र नयाँ वर्षो पहिलो सूर्योदयको अवलोकन गर्दै महोत्वसलाई भव्य रुपमा सम्पन्न पार्ने लक्ष्य आयोजकले लिएको छ । समुद्री सतहदेखि १० हजार ३९३ फिटको उचाइमा रहेको घुम्टेको लेकमा विभिन्न किसिमका लालीगुराँस फुल्ने गर्दछन् । घना जङ्गलभरि गुराँस फुलिरहेको याममा महोत्वस गर्न लागिएकाले पर्यटक आगमनमा पनि वृद्धि हुने आयोजकको दाबी छ । महोत्सवका अवसरमा दुइ दिनसम्म घुम्टेको लेकमै विविध कार्यक्रमको आयोजना गर्ने तयारी केन्द्रले गरेको छ । स्थानीय कला, संस्कृति झल्कने खालका सांस्कृतिक कार्यक्रम तथा झाँकीहरू प्रदर्शन गरिने भएको छ । सोही अवसरमा गुराँस काव्य गोष्ठीको पनि आयोजना हुनेछ । घुम्टेको लेकमै फोटो प्रदर्शनी पनि गरिने केन्द्रका सचिव थापाले जानकारी दिए । पर्यटन गोष्ठी, क्याम्प फायर, साङ्गीतिक कार्यक्रम पनि आयोजना हुने उनको भनाइ छ । गुराँस महोत्सवकै अवसरमा गलकोट दरबारदेखि घुम्टेसम्म प्याराथुन दौडको आयोजना पनि गरिने भएको छ । दौडमा प्रथम हुनेलाई नगद २२ हजार पुरस्कारसहित आगामी वर्षो लागि पर्यटनदूत घोषणा गरिने थापाले बताए । सोही अवसरमा गत फागुनमा भएको काठमाडौँ-घुम्टे साइकल यात्राका महत्वपूण् तस्बिर सम्मिलित तस्बिर प्रदर्शनीको पनि आयोजना गरिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार